बर्दियाबाट २९ तोला सुनका गरगहनासहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

बर्दिया । बर्दियाबाट झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिक–१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई शनिबार बेलुकी साढे ६ बजेतिर पक्राउ गरेको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको कारसहित उनीहरू स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले  बताउनु भयो।

गोप्य सूचनाका आधारमा जिल्ला र इलाकाको संयुक्त गस्ती टोलीले बारबर्दिया नगरपालिका–९ कर्तनियाघाटस्थित चेकप्वाइन्टमा उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा चेकका क्रममा उनीहरूलाई पक्राउ गरिएको र पक्राउ परेकाहरूले सुनका गरगहना कहाँबाट ल्याइका हुन् भन्ने स्रोत खुलाउन नसकेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?