काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्म (स्काफ) को ३३औँ वार्षिकोत्सव तथा इमर्जिङ च्यालेन्ज अफ कन्सल्टिङ फम्र्स विषयक कार्यक्रममा उहाँले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेमात्रै आर्थिक समृद्धि हासिल हुने बताउनुभएको हो । पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न समस्या देखिँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको भन्दै मन्त्री ज्वालाले निर्माण क्षेत्रमा अनेकौँ समस्या र चुनौती रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समयमा काम सुरु नहुने, प्रक्रिया पूरा गर्न ढिलो हुने, सुरु भइसकेका आयोजना समयमा नसकिने, प्रशासनिक तथा कानुनी झन्झटलगायत छन्, पूर्वाधारको विकासबाटै समृद्धिको ढोका खुल्छ भन्नेमा हामी स्पष्ट छौँ ।’ नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन मन्त्री ज्वालाले सबैलाई आग्रह गर्नुभयो । विकास निर्माणका काममा परामर्शदाता कम्पनी (कन्सल्टेन्सी) को महत्वपूर्ण भूमिका रहे पनि यस्ता कम्पनीलाई इजाजतपत्र दिन कानुनी समस्या रहेकाले नयाँ ऐन ल्याएर सम्बोधन गर्ने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले परामर्शदाता कम्पनीलाई विश्वास गरेर सबै पूर्वाधार निर्माणमा जोड्ने गरेको बताउनुभयो । कामको गुणस्तर र समयमा आयोजना सक्ने कुरामा भने सधैँ चुनौती रहने भन्दै उहाँले आयोजनाको काम समयमा सम्पन्न गर्न परामर्शदाता कम्पनी पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
पूर्वाधार आयोजनाको गुणस्तर कायम गर्ने सन्दर्भमा परामर्शदाताको मुख्य भूमिका रहने उल्लेख गर्दै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले परामर्शदाता कम्पनीबीच पर्याप्त प्रतिस्पर्धाको वातावरण नहुँदा समस्या हुने गरेको बताउनुभयो । स्काफका अध्यक्ष टुकलाल अधिकारीले पूर्वाधार निर्माणका क्षेत्रमा परामर्शदाता कम्पनीको भूमिका महत्वपूर्ण हुने भन्दै नेपालका कन्सल्टेन्ट कम्पनी संगठित हुँदै विभिन्न अन्तर्राष्ट्रिय फोरममा पनि आबद्ध भइसकेका जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच