एमाले संकल्प यात्रा : भोजपुरमा आउने यात्रा टोलीलाई ५७ घरमा बस्ने व्यवस्था

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङसम्म थालेकाे समृद्धिका लागि संकल्प यात्राका क्रममा भोजपुर आउने टोलीलाई ५७ घरमा बासबस्ने ब्यवस्था मिलाईएको छ ।

यात्राका बिषयमा जानकारी दिन भोजपुर सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा यात्रामा सहभागीहरुलाई भोजपुर नगरपालिका भित्रका ७ वडाका ५७ घरमा तीन सय जनालाई बस्ने ब्यवस्था मिलाईएको जानकारी गराइएको छ । होटलमा नभएर टोलीलाई वडा भित्रका नेता कार्यकर्ताको घरमा राख्ने ब्यवस्था मिलाईएको पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भञ्ज्याङमा आगामी मंसिर २७ गते झाँकी सहित स्वागत गर्ने कार्यक्रम रहेको प्रेस चौतारी नेपाल भोजपुरका अध्यक्ष मोहन दुरालले जानकारी दिनुभयो । पार्टी अध्यक्ष ओलीबाट सोक्रममा जिल्लाका बिभिन्न कार्यक्रममा सहभागि हुँदै सम्वोधन, माग पत्र बुझ्ने, धातु उद्योगीहरुसँग अन्तरक्रिया, सर्वदलिय माग पत्र बुझ्ने लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

अध्यक्ष सहितको संकल्प यात्राको टोली मंसिर २८ गते भोजपुरका बिभिन्न कार्यक्रममा सहभागि हुदै धनकुटा प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले भोजपुरले जनाएको छ । कार्यक्रमलाई जिल्ला तहमा भब्यरुपमा संचालन गर्नका लागि आवश्यक तयारी पार्टी तहबाट भई रहेको जिल्ला अध्यक्ष शरण कुमार राईले बताउनुभयो । गत मंसिर १४ गतेबाट सुरु संकल्प यात्रा पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चिवाभञ्ज्याङमा समापन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?