धरान । आज (बुधबार)देखि धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कप अण्डर-१५ फुटबल प्रतियोगिता हुँदैछ । कोशी प्रदेश फुटबल संघको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल आगामी पुस ६ गते हुने आयोजक संघले जनाएको छ । धरान-१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरिका १० टिमको सहभागिता रहने आयोजक कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी गराउनुभयो ।
धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भन्नुभयो, ‘कोशी प्रदेश फुटबल संघले सुरु गरेको प्रथम प्रेसिडेन्ट कप यू-१५ फुटबल प्रतियोगितालाई भविष्यको वल्र्डकपको तयारीका रूपमा अघि सारेका छौँ । हामीले भन्नैपर्ने भो कि अहिलेदेखि नै तयारी नगरे कहिले वल्र्डकपमा पुग्ने त ?’
उहाँले पछिल्लो समयमा कोशी प्रदेशमा संघको वर्तमान कार्यसमिति आइसकेपछि चार खेलकुदका गतिविधि गर्दा अन्य प्रदेश र जिल्लामा फुटबलका गतिविधि शून्य रहेको जिकिर गर्नुभयो । प्रतियोगिता सञ्चालन गर्नुको उद्देश्यबारे जानकारी दिँदै उहाँले यू-१५ प्रेसिडेन्ट कप हेर्दा सानो र बजेट पनि थोरै भए पनि यसको उद्देश्य ठूलो भएको बताउनुभयो ।
नेपाली फुटबलको विकासका लागि निरन्तररूपमा खेलाडी उत्पादन गर्दै नेसनल टिमलाई बाह्रै महिना ट्रेनिङमा राख्नुपर्ने र क्लोज क्याम्पमा राखेर विभिन्न लिग सञ्चालन गर्न जरुरी रहेको आयोजक समितिले जनाएको छ ।
संघले सञ्चालन गर्ने प्रतियोगितामा धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब बराह क्षेत्र, मोरङको उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेसनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लबले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेताले नगद २५ हजार प्राप्त गर्नेछ । यसैगरी विभिन्न विधामा पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच