धादिङ अस्पताललाई सय शैयामा थप विस्तार गर्ने योजना अधुरै

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । जिल्ला अस्पताल धादिङलाई ५० शैयाबाट थप गरि एक सय शैयाको अस्पताल बनाउने योजना अलपत्र परेको छ।

तत्कालीन बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एक सय शैयाको अस्पताल बनाउने घोषणा अस्पतालको एक वार्षिकोत्सव समारोहमा सुनाउनुभएको थियो । तर, उहाँको उक्त भाषण र योजना कार्यान्वयन हुन नपाउँदै मुख्यमन्त्रीबाट बाहिरिएसँगै उक्त योजना अधुरै हुन पुगेको हो ।

उहाँले अस्पतालको सेवा विस्तार गर्दै आफ्नै कार्यकालमै ५० शैयालाई थप गरेर एक सय शैयाको अस्पताल बनाउने उहाँको योजना थियो । उहाँको बर्हिगमनसँगै न अस्पतालको सेवा विस्तार भयो, न शैया थप नै भयो ।

तर, पाण्डेको योजना अलपत्र परे पनि अस्पतालमा भने यस्तै झुटा आश्वासन दिने पात्रहरु भने हरेक वर्ष अस्पतालमा आउने गरेका छन् । अहिले धादिङ अस्पतालको ४७ औं वार्षिक उत्सब समारोहमा हालका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि सोही कुरा दोहोर्याउनुभयो। धादिङसँगै त्रिशुली, सिन्धुलीलगायतका अस्पताललाई पनि एकसय शैया बनाईने उहाँले बताउनुभएको छ।

वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री जम्कट्टेलले धादिङ अस्पताललाई एक सय शैयाको बनाउने निर्णय गरिएको बताउनुभयो । गत पौष ३ गते क्याबिनेटको बैठक बस्ने र त्यसपछि एक सय शैयाको तत्कालै प्रक्रिया अघि बढ्ने उहाँले बताए । सिमित श्रोत साधनमा पनि गुणस्तरीय सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मीलगायत अस्पताल प्रशासनलाई उहाँले धन्यवाद दिनुभयो ।

व्यवस्थापकिय पक्षमा अस्पताललाई गर्नुपर्ने सहयोगमा बागमती प्रदेश सरकार सदैव तयार रहेको पनि बताउनुभयो । यस्तै विकास निर्माण र सिंगो देशको विकासको लागि संघीय संरचना आवश्यक रहेको बताए । यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कुनै पनि बिरामीहरु पैसाको अभावमा वञ्चित हुन नहुने बताउनुभयो । मुख्यमन्त्री जनतासँग कार्यक्रमको लागि प्रदेश सरकारले ३२ लाख खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?