
काठमाडौं । शंकर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक बिक्रेता जगदम्बा मोबाइल प्रालिले दुर्ई उत्कृष्ट इयरबड नेपाली बजारमा ल्याएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, ‘रियलमी बड्स टी ३०० र रियलमी बड्स टी १०० अन्य इयर बडभन्दा भिन्न छन् । हाम्रा ग्राहकले धेरै खर्च नगरी नै उत्कृष्ट अडियोकोे अनुभव पाऊ्न भन्नका लागि हामीले यी इयर बड ल्याएका हौँ ।’
कम्पनीका अनुसार संगीत पारखीका लागि रियलमी बड्स टी ३०० एकदमै उपयुक्त छ । १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभरसहित आउने टी ३०० ले गहिरो ब्यास साउण्ड प्रदान गर्छ । रियलमीको यो टी ३०० इयर बडमा ४० घण्टाको ब्याट्री लाइफ रहेको छ ।
रियलमी टी ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसको मूल्य भने पाँच हजार चार सय ९९ रुपैयाँ रहेको छ । त्यस्तै रियलमी बड्स टी १०० ले पनि १० मिटरसम्म रेन्ज दिन्छ भने ब्याट्री लाइफ २८ घण्टा रहेको छ । यसको मूल्य तीन हजार नौ सय ९९ रुपैयाँ रहेको छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच