रापाकोटमा अर्जुन चौपारी गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम

हिमालय टाइम्स
Read Time = 3 mins

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं ४ को वडा कार्यालय रापाकोटमा सम्पन्न गरेको छ । गाउँपालिकाले रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनको व्यवस्थापन तथा सहजीकरणमा आर्थिक बर्ष २०८०/८१ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ गरेको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकाका समस्या र आबश्यकतालाई दृष्टिगत गरि वडा र टोल तह सम्म क्रमश बिकासनिर्माणको काम अगाडी बढेको बताउनुभयो । अध्यक्ष तिवारीले हेलु अर्जुनचौपारी सडकलाई कालोपत्रे गरी कालोपत्रे नभएको पालिकाको पहिचानलाई फेर्न सफल भएको बताउँदै अब सो क्रमलाई बढाउँदै लैजाने बताउनुभयो ।

उहाँले पालिकामा कृषि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम थालनी गरेको बताउदै युवा, दलित र महिलाका लागि सीपमूलक तालिम प्रदान गरी श्रृजना बनाउने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस अर्जुनचौपारीका उपसभापति बेलप्रसाद गुरूङ, नेकपा एमाले अर्जुनचौपारीका उपाध्यक्ष जित कुमारी चापागाईं, जन माविका शिक्षक नारायण प्रसाद काफ्ले, लिला चापागाईं, दिपक सुनार, नन्दकली चपाई, पम्फा बि।क।, धन बहादुर जिटी, सुस्मिता बि।क।, बिपिन चापागाईं,भीम गोदार, सन्देश मरासिनी, सुकमाया सुनार, डोल प्रसाद चापागाईं, महादेव सुनारलगायतले पालिकाको विकास निर्माण, खानेपानी समस्या, शैक्षिक सुधार, बीउविजन उपलब्धता, पिछडा बर्ग लक्षित विकास, बाँदर नियन्त्रणलगायतका जिज्ञाशा एवं धारणा राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले चौमासिक प्रगति समीक्षा एवं बहिर्गमन अभिमत र नागरिक प्रतिवेदन रेडियो स्याङ्जाका बजार प्रमुख प्रेम थापाले प्रस्तुत गर्नुभएको थियोे ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सपना गुरूङले स्वागत मन्तव्य र रेडियो स्याङ्जा एवं स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले सञ्चालन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?