खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले फर्जी विद्यार्थी संख्या देखाउने विद्यालयलाई स्पष्टीकरण मागेको छ ।
ईमिसको डाटा र विद्यालयमा विद्यार्थी संख्या फरक देखिएपछि नगरको शिक्षा शाखाले नेर्पाको रामपुर आधारभूत विद्यालयलाई लिखित स्पष्टीकरण मागेको हो ।
शिक्षा शाखाले कार्तिक २२ गते विद्यालय निरीक्षण तथा अनुगमन गर्दा ईमिसमा विधार्थी संख्या ३४ रहेको, मंसिर १२ गते अनुगमन गर्दा बालकक्षामा १ जना, कक्षा–१ मा ४ जना, कक्षा–२ मा ३ जना, कक्षा–३ मा ५ जना, कक्षा–४ मा ४ जना र कक्षा–५ मा १ जनागरी १८ जना उपस्थित भएको र पुनः मंसिर १३ गते अनुगमन गर्दा समेत जम्मा विधार्थी २२ जना मात्रै देखिएकाले १२ जना विधार्थी अनुपस्थित सम्बन्धमा मंसिर १४ गते शाखाले विद्यालयलाई स्पष्टीकरण मागेका थिए ।
यस्तै, मंसिर २२ गते नै सार्वजनिक विदा नभएको समयमा एक दिन विद्यालय वन्द गरिएको र शिक्षक समेत अनुपस्थित रहेको सम्बन्धमा पनि स्पष्टीकरण मागिएको नगरको शिक्षा अधिकृत तिर्थबहादुर विकले सोधेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
स्पष्टीकरणको जवाफ भने विद्यालयले शिक्षा शाखालाई बुझाई सकेको छ । तर, विद्यालयले जवाफ बुझाएको पत्रमा मितिनै नबुझिने र अशुद्ध छ । जवाफ बुझाएको पत्रमा मिति २०८०/५/२९ उल्लेख गरिएकाे छ । ताकि स्पष्टीकरण मंसिर १४ गते सोधिएको हो । मितिका विषयमा विद्यालयका प्रधानाध्यापक आनन्द थापासँग बुझ्दा मंसिर १६/१७ गते स्पष्टीकरणको जवाफ शाखामा बुझाईएको बताउँछन् ।
विद्यालयले शाखालाई बुझाएको पत्रमा ईमिसमा विधार्थी संख्या ३४ रहेको र मंसिरको धमाधम भएकाले अभिभावकले बच्चा ल्याउन नसकेको कारण अनुगमनमा २२ जना मात्रै भेटिएको र कक्षा–५ मा २ जना विधार्थी अन्य ठाउँ गएकाले दिवा खाजा पनि माग नगरिएको जनाईएको छ।
मंसिर २२ गते सार्वजनिक विदा नभएको दिन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विदा गरिएको र शिक्षक कर्ण बहादुर गुरुङ बिरामी भएकाले २ दिन अनुपस्थित भएको विद्यालयले शाखामा बुझाएको पत्रमा उल्लेख छ । विद्यालयले शाखालाई बुझाएको पत्रमा आधाभन्द बढी लेखाई अशुद्ध देखिएको छ ।
विद्यालयलाई सोधिएको स्पष्टीकरण यसअघि नै नगरको शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत विकलाई समाचार प्रयोजनका लागि माग्दा आन्तरिक प्रयोजन भएको र बाहिर दिन नसकिने बताएका थिए ।
जिल्लाका क्रियाशिल पत्रकार दमन राई, चिसाङ शेर्पा र राजकुमार भट्टराई उक्त विद्यालयमा रिपोर्टिङमा मंसिर १८ गते पुग्दा शिक्षक पर्शुराम ढुंङगानाले अन्तैको विद्यालयले फर्जी विधार्थी देखाएकाले शाखाले स्पष्टीकरण सोधिएको भनेर गलत सूचना दिएका थिए । स्पष्टीकरण माग पत्र र बुझाईएको पत्र माग्दा पनि शिक्षक ढुंङगानाले पत्रकारलाई पटक–पटक ढाट्ने गरेका थिए ।
यहि विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/२०७९ मा चारकोठे भवन परेको थियो । तर, तत्कालिन मेयर दिपनाराण रिजाल, उपमेयर विणादेबी राई र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकालमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको भवनको ड्रइङ र डिजाइन परिवर्तन गराएर चारकोठे भवनलाई दुई कोठे बनाईएको थियो ।
संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार लिखित रुपमा सूचानको हक प्रयोग गरेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नगरपालिकाले गरेको सम्झौता, भुक्तानी लगायतको विवरण माग्दा अख्तियारमा उजुरी परेर छानविन भईरहेकाले सूचना तथा जानकारी दिन नमिल्ने यसअघि नै नगरले जवाफ दिईसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच