
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा बिहीबारदेखि कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरिएको छ । महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवद्र्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्तरूपमा शाखा उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा महासंघका अध्यक्ष सिंहले देशभरका निर्माण व्यवसायीको सशक्तीकरणमा कानुनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । विगतमा कानुनी तथा प्राविधिक ज्ञान अभावमा निर्माण व्यवसायीले विभिन्न समस्याहरू सामना गर्नुपरेकोे भन्दै उहाँले अब त्यस्ता समस्या समाधान हुने बताउनुभयो ।
निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. अधिकारीले महासंघमा कानुनी तथा प्राविधिक परामर्श शाखा सञ्चालनले साना निर्माण व्यवसायी अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले सबैखाले निर्माण व्यवसायीका लागि कानुनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो भने महासचिव रोशन दाहालले सिक्ने सिकाउने परिपाटी सबैका लागि लाभदायी हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच