काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का वरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका बलिया दाबेदार चन्द्रप्रसाद ढकालले आगामी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको आगामी निर्वाचनमा आफू स्वतः अध्यक्षको दाबेदार भएकाले आफूले सहकारी अभियान थप मजबुत र सशक्त बनाउन काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । अभियान संरक्षणका लागि रूपान्तरणसहितको सहकारीमैत्री नेतृत्व छनोट गर्न सहकारीकर्मीलाई आग्रह गर्दै ढकालले सञ्जाल सुदृढीकरणमा जोड दिने बताउनुभएको छ । राजनीति, भुगोल वा स्वलाभभन्दा माथि उठेरमात्र सहकारी अभियानको सञ्जाल सुदृढीकरण संकल्प पूरा गर्न सकिने बताउँदै रूपान्तरणसहितको नेतृत्वलाई संघको जिम्मा दिने समेत बताउनुभयो र सोका लागि आफू निर्विकल्प रहेको समेत बताउनुभयो ।
सामाजिक सञ्जालमार्फत् सञ्जाल सुदृढीकरण संकल्प नामक आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ढकालले सहकारीमैत्री सहकारी ऐनका लागि सरकारसँग बहसपैरवी गर्ने, सहकारी शुद्धीकरणका लागि पुनर्जागरण अभियान सञ्चालन गर्ने, असल ऋण अभ्यास कायम राख्न असुली न्यायाधीकरण, सूचना केन्द्र र ऋण सुरक्षण व्यवस्था, बचत सुरक्षाका लागि बचत सुरक्षण कोष र स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन गर्ने, सहकारी सञ्जालको स्वनियमनमार्फत् सुशासन प्रवद्र्धन गरी नियामकीय भार न्यूनीकरण गर्ने, समस्यामा परेका सदस्यको व्यवस्थापन सहजीकरणमार्फत् अभिभावकत्व प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।
त्यस्तै सहकारी, सरकारी र निजी साझेदारीमा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन, प्राविधिकरूपमा सञ्जालीकरणमार्फत् सञ्जालका सेवामा उत्कृष्टता, न्यून लागतका स्रोत बचत तथा ऋण सहकारीमार्फत् परिचालन, सबै सदस्यलाई तालिम, शिक्षा तथा क्षमता विकासका कार्यक्रमको सुनिश्चितता गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । नेफ्स्कुनको ३२औँ साधारणसभा तथा निर्वाचन पुस ७ र ८ गते काठमाडौंमा हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच