विपन्न समुदायका ९ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकामा आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका ९ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र (सादा नेपाल) को साझेदारीमा सञ्चालित बालबिवाह, छिटो बिवाह, जबर्जस्ती बिवाह रोकथाम परियोजना अन्र्तगत बुधबार एक कार्यक्रमकाबीच विपन्न समुदायका ९ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर–१, २, ३, र ९ का ४ जना बालबिवाहको जोखिममा परेका बालिका र विद्यालय जान छोडेर पुनः भर्ना भएका तर अभिभावकबिहीन वडा नम्बर– १, २ र ४ का विपन्न ५ जना बालक गरी जम्मा ९ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको बताइएको छ ।

शैक्षिक सामग्री अभावमा विद्यालयमा जान बञ्चित नहुन भनेर परियोजनाले विगतदेखि नै विभिन्न शैक्षिक सामाग्री, र खेलकुदका सामग्री वितरण गर्दै आएको छ । सन् २०१९ देखि कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका सान्नी त्रिबेणी गाउँपालीका र रास्कोट नगरपालीकामा रहेका स्पोन्सरशिप बालबालिकालाई संस्थाले सहयोग गर्दै आएको छ ।

जोखिममा रहेका बालबालिकाको परिवारमा आर्थिक अबस्था कमजोर हुँदा बालबालिकाले सहजरुपमा विद्यालयमा गएर शिक्षा हाँसिल गर्न कठिन नहोस् भन्दै केहीँ आए आर्जनका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विपन्न समुदायको आर्थिक, सामाजिक र शैक्षिक स्थितीमा सुधार ल्याई बालबिवाहको दर घटाउन समुदाय केन्द्रीत विभिन्न कार्यक्रम सञ्चान गर्दै आएको सादा नेपालका फिल्ड अफिसर गोविन्द विकले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत (बिक) गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट र उपप्रमुख कमलकुमार शाहले बालबालिकालाई हस्तान्तरण गर्नुभएको थियो । बालबालिकालाई सामग्री दिँदै गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले विभिन्न साँझेदारी संघसंस्था र दातृ निकायका कारण नरहरीनाथ गाउँपालिकामा रहेका विपन्न समुदायका नागरिकको जीवनमा परिर्वतन आएको बताउनुभयो ।

अध्यक्ष बिष्टले न्यून आए भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा बालबालिकालाई अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी दिनमा गाउँपालिकामा यस्ता बालबालिकाहरु छन् भने गाउँपालिकाको तर्फबाट पनि सहयोग रहनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?