
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताउनु भयो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गते सम्म पु¥याएको थियो । उहाँले बैठक सार्नुको कारण राष्ट्रिय सभाको निर्वाचन रहेको काँग्रेसको निस्कर्ष छ ।
उहाँले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताउनु भयो । उहाँले निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको बताउनु भयो । त्यस्तै बैठकले केन्द्रिय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरु महासमितिमा सिफारिस गर्ने निर्णय भएको बताउनु भयो । भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको निर्वाचन आएको हुनाले महासमितिको बैठकलाई केही पर सार्ने फागुन ७ देखि १० गतेसम्म गोदावरीकै हलमा गर्ने निर्णय गरेको छ । त्यसैसँग जोडिएका विषयमा राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने प्रक्रिया हुन्छ । दल दर्ता गर्ने निर्णय गरेको छ । उम्मेदवार बनाउँदा हस्ताक्षर सभापति शेरबहादुर देउवाको चल्ने भन्ने निर्णय भएको छ । यसको सम्पूर्ण व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ । केन्द्रिय कार्यसमितिको बैठक अर्को पुस १२ गते बस्दैछौँ । विधानका केही व्यवस्थाहरु महासमितिमा सिफारिस गर्नुपर्ने हुन्छ । ती सिफारिस गर्ने निर्णय गरेको छ । भूकम्पमा अस्थायी घर टहरा बनाउने विषयमा पार्टीले शुरुदेखि नै आफ्ना स्वयंसेवक परिचालन गरेको थियो । सन्तोषजनक ढंगबाट काम गर्नुभएकाले उहाँहरुलाई धन्यवाद दिने निर्णय भएको छ । सरकारबाट प्रदान गर्नुपर्ने अस्थायी घर टहरा निर्माणका लागि पठाउनुपर्ने ५० हजार रुपैयाँ धेरै ठाउँमा अहिले पनि नपुगेको र यो शीतलहरका बेलामा त्रिपालमुनि बस्नुपर्ने अवस्था छ, त्यसका लागि चाँडो भन्दा चाँडो पैसा पठाउनुपर्ने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ । पुस १६ देखि माघ १६ सम्म विगतमा गर्ने भनेको पार्टीको विशेष आन्तरिक अभियान शुरु गर्ने । पार्टीका विधानमा रहेका केही अनुसूचिहरु तिनले पार्टीमा काम गर्न, सदस्यता बनाउन केही अलमल भएको थियो, त्यो परिमार्जन गर्ने र पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचिमा रहेका केही केन्द्रिय सदस्यहरुको नाम आजै फिर्ता लिने निर्णय भएको छ । बारामा शिक्षकहरुको शान्तिपूर्ण धर्नामा जुन घटना भयो, एक जनाको निधन भएको छ, केही घाइते हुनुभएको छ । यो घटनालाई घोर निन्दा गर्ने र सरकारलाई तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र सरकारकै तर्फबाट घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्दछ ।’
नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले पार्टीका विधानमा रहेका केही अनुसूचिहरु परिमार्जन गर्ने, पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचिमा रहेका केही केन्द्रिय सदस्यहरुको नाम आजै फिर्ता लिने निर्णय भएको पनि बताउनु भयो । उहाँले बारामा शिक्षकहरुको शान्तिपूर्ण धर्नामा भएको घटनाको भत्र्सना गर्ने र तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्ने निर्णय भएको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच