
तेह्रथुम । एक हजार ८०१ किलोमिटर दूरीको यात्रा पार गरेर एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार आफ्नो जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिकाको पर्यटकीय स्थल संक्रान्ति बजारमा पुगेर बास बस्नुभएको छ । नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा शुक्रबार अध्यक्ष ओलीको जन्मस्थान पुगेको हो । ओलीले आफ्नो जन्मस्थान पुगेर सुखानीका शहीद रामनाथ दाहाल आफ्ना पुराना सहयात्रीहरूको स्मरण गर्नुभएको छ ।
मध्यपहाडी यात्राका क्रममा तेह्रथुमको संक्रान्ति बजारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले झापा विद्रोहको बीउ रोप्ने आफ्ना अग्रज रामनाथ दाहाल र जनपक्षीय नेता द्रोणचार्य क्षेत्री यसै ठाउँका सन्तति भएको बताउनुभयो । अध्यक्ष ओलीले आठराई पुराना कम्युनिष्ट नेताहरूको स्मरणसमेत गर्नुभयो । ‘पञ्चायती व्यवस्था सुरु भएपछि यस ठाउँमा आन्दोलनको बीउ रोप्ने सिएम कन्दङ्वा, नरेश शाक्य, सूर्य कन्दङ्वा, रामनाथ दाहाल लगायतका नेताहरू, अग्रजहरू र शहीदहरूलाई यस अवसरमा स्मरण गर्न चाहन्छु’ संक्रान्ति बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ।
नेकपा एमालेका विरुद्धमा यसको सफलतालाई हेरेर यसको विचारको प्रभावकारितालाई हेरेर विरोधीहरूले अनेक षड्यन्त्र गरेको अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले नेपालको पहाडी क्षेत्रलाई हराभरा बनाएर बस्ती बस्नयोग्य बनाउनुपर्ने बताउनुभएको छ । ‘मूलतः हाम्रो देश पहाडी देश हो । आधा जनसंख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिबीको मारमा परेका छौँ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसको सदुपयोग गर्न कृषिको आधुनिकीकरण, व्यवसायीकरण गर्न जरुरी छ । वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ ।
उहाँले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वास्तवमा हाम्रो देश मुलतः पहाडी देश हो । आधाभन्दा बढी जनसंख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड, तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिबीको मारमा परेका छौँ । त्यसको सदुपयोग गर्न आवश्यक छ । कृषिको आधुनिकीकरण गर्न, व्यवसायीकरण गर्न जरुरी छ, वैज्ञानिक ढंगले, तरिकाले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ । पुरानै ढंगले होइन । खेतीपाती, फलफूल, बालबालिका, पशुपालन, वा अरू विषयका लागि हामीले उत्पादनका लागि प्रविधिको प्रयोग गर्नुपर्ने छ ।’ अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको बताउनुभयो । एमालेले गरिरहेको बैतडीको झुलाघाटबाट मंसिर १४ देखि सुरु भएको मध्यपहाडी २४ जिल्लाकेन्द्रित यो अभियान २ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच