नेपाली संस्कृतिमा शुद्धता र मिठास छ : सद्गुरु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली संस्कृतिमा शुद्धता र मिठास रहेको ईशा फाउण्डेशनका संस्थापक सद्गुरु (जग्गी वासुदेव)ले बताउनुभएको छ । ‘नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकाले यो भूमिले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको छ’, उहाँले भन्नुभयो । काठमाडौं बत्तीसपुतलीस्थित द्वारिका होटलमा आयोजित कार्यक्रमा विभिन्न सञ्चारगृहका प्रतिनिधि तथा व्यवसायीलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्र निर्माणका लागि सबै एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै सदगुरुले भन्नुभयो, ‘कुनै पनि मुलुक अविकसित हुनुभनेको एउटा अवसर हो ताकि हामी आफूले चाहेको जस्तो राष्ट्र बनाउन सकौँ ।’ उहाँले विशेषगरी युवा तथा व्यवसायीलाई एकजुट भएर राष्ट्रको हितका लागि भिजन निर्माण गर्न आग्रह गर्नुभयो ।

माटो जोगाउन नेपाल जस्तो मुलुकले के गर्न सक्छ भन्ने एकजना सहभागीको जिज्ञासामा सद्गुरुले माटो जोगाउन ‘नीति परिवर्तन’लाई जोड दिँदै विशेषगरी तीनवटा कुराहरू समेट्नुपर्ने बताउनुभयो । पहिलो, किसानलाई राहत दिनुपर्ने । दोस्रो, कार्बन क्रेडिटको प्रक्रियालाई सरल बनाउने । तेस्रो, न्यूनतम जैविक पदार्थ (३.६प्रतिशत) सुनिश्चित खाद्यान्नलाई बजारमा मान्यता प्रदान गर्ने । किसानको आर्थिक अस्थालाई सम्बोधन गरेरमात्रै माटो जोगाउन सम्भव हुने कुरामा सद्गुरुले जोड दिनुभयो ।

विश्वभरी माटो मरुभूमि बनिरहेको संकटलाई सम्बोधन गर्न सद्गुरुले गत मार्चमा विश्व्यापी माटो जोगाऔं अभियान सुरु गर्नुभएको थियो । हालसम्म ३.९ अर्ब मानिसले सो अभियानप्रति समर्थन जनाएका छन्, जसमा नेपालसहित ८१ राष्ट्रहरू औपचारिक रूपमा जोडिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?