पृथ्वीतर्फ तीव्र गतिमा आउँदै सौर्य आँधी, १७ डिसेम्बरमा विनाश निम्त्याउन सक्ने !

हिमालय टाइम्स
Read Time = 3 mins

न्युयोर्क । ब्रह्माण्डमा हुने एक घटनाले पृथ्वीलाई फेरि एकपटक असर गर्ने देखिएको छ ।

नासाका बैज्ञानिकहरूले सुर्यमा देखा पर्ने एक घटनाका कारण वास्तवमा पृथ्वीमा खतरा हुन सक्ने चेतावनी दिइएको छ ।

नासाका अनुसार एक सौर्य आँधी धेरै तीव्र गतिमा पृथ्वी तिर बढिरहेको छ । डिसेम्बर १७ मा पृथ्वीमा ठोक्किने सम्भावना छ, जसले विश्वका धेरै ठाउँमा विनाश निम्त्याउन सक्छ ।

मिडिया रिपोर्टका अनुसार गत बिहीबार नै सूर्यमा ठुलो विस्फोट भएको थियो, जसलाई सोलार फ्लेयर भनिन्छ। जसका कारण अमेरिकामा सञ्चार सेवा ठप्प भएको छ । सर्टवेभ रेडियो ब्ल्याक आउट भयो । ह्याम रेडियो अपरेटरहरू पनि धेरै प्रभावित भएका छन्, जसका कारण मानिसहरूले धेरै समस्या भोग्नुपरेको छ ।

सन् २०२५ सम्म सूर्यमा लगातार विस्फोटहरू भइरहनेः

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रिपोर्ट अनुसार सूर्य आफ्नो ११ वर्ष लामो सौर्य चक्रबाट गुज्रिरहेको छ । यसका कारण सूर्यमा कोरोनल मास इजेक्शन (सीएमई) र सोलार फ्लेयर भइरहेका छन्, जुन २०२५ सम्म जारी रहनेछ। यो सेप्टेम्बर २०१७ पछि सूर्यमा देखिएको सबैभन्दा ठूलो सौर्य फ्लेयर हो ।

३५१४ नामको सनस्पटबाट एक्स टुः ८ श्रेणीको विस्फोट भएको थियो, जसले पृथ्वीतर्फ सर्दै गरेको सौर्य आँधीको कारण बनेको हो । यस सौर्य आँधीका कारण १५ वा १६ डिसेम्बरमा पृथ्वीमा भू-चुम्बकीय आँधी आउन सक्छ। जसका कारण १७ डिसेम्बरमा पृथ्वीमा उथलपुथल आउन सक्छ ।

कोरोनल मास इजेक्शन भनेको के हो ?

कोरोनल मास इजेक्शन सौर्य प्लाज्माका बादलहरू हुन्, जुन सौर्य विस्फोट पछि सूर्यको चुम्बकीय क्षेत्रबाट अन्तरिक्षमा निष्कासित हुन्छन् । यी बादलहरू अन्तरिक्षमा घुमि रहन्छन्। तिनीहरू जति घुम्छन्, त्यति नै विस्तार हुन्छन् । यी बादलहरूले वरिपरि घुम्ने क्रममा लाखौं माइलको दूरी ओगट्छन् । घुम्ने क्रममा यी बादलहरू ग्रहहरूको चुम्बकीय क्षेत्रसँग ठोक्किन्छन् । यस्तो अवस्थामा जब तिनीहरूको पक्षहरू पृथ्वी तिर हुन्छन्, तिनीहरूले भू-चुम्बकीय अवरोध सिर्जना गर्छन् ।

जसका कारण स्याटेलाइटमा सर्ट सर्किट हुन्छ । पावर ग्रिड प्रभावित छन्। जसका कारण अन्तरिक्ष यात्रीको ज्यान पनि खतरामा पर्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?