
लण्डन । इंग्लिस प्रिमियर लिगमा टोटनहम हट्सपरले नटिङघम फरेस्टलाई पराजित गरेको छ । फरेस्टको घरेलु मैदानमा टोटनहमले दुवै हाफमा गोल गर्दै दुई-शून्यको जित दर्ता गरेको हो । टोलीका लागि रिचार्लिसन र डेजान कुलुसेभ्सकीले एक-एक गोल गर्नुभयो । खेलमा टोटनहमले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । कुलुसेभ्स्कीको क्रसमा रिचार्लिसनले हेडरमार्फत् गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभयो ।
दोस्रो हाफको ६५औँ मिनेटमा कुलुसेभ्स्कीले शक्तिशाली प्रहारमार्फत् गोलरक्षक म्याट टर्नरलाई बिट गर्दै अग्रता दोब्बर पार्नुभयो । त्यसको पाँच मिनेटपछि भिएआरको सहयोगमा रेफ्रीले इभ्स बिसुमालाई रातो कार्ड दिनुभयो ।
यस जितसँगै टोटनहमको १७ खेलमा ३३ अंक भएको छ । एक खेल कम खेलेर समान ३३ अंक बोकेको सिटी चौथो र स्पर्स पाँचौँ स्थानमा छ । फरेस्ट भने खराब लयबाट गुज्रँदा १७ खेलमा १४ अंकसहित १६औँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच