काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, ८ वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडा अध्यक्षमा विजय प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नं। १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ ।

मतगणना सकिएकामध्ये वडा नं। ६, ७, ८, ९, १०, ११, १२, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् ।

एमालेका उम्मेदवारले वडा नं। १, २, ३, ४, ५, २३, ३१ र ३२ को वडा अध्यक्षमा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?