भरतपुर मतगणना अपडेट: रेनुको अग्रता अझ फराकिलो

Read Time = 1 min

भरतपुर । भरतपुर महानगरपालिकामा २९ हजार चार सय ४६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहाल १९ सय ६ मतले अघि लाउनु भएको छ । उहाँले १० हजार सात सय ४८ मत ल्याउनु भएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले आठ हजार आठ सय ४२ मत ल्याउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मत ल्याउनु भएको छ ।

यसैगरी, उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको चित्रसेन अधिकारीले १२ हजार आठ सय ५८ मत ल्याउनु भएको छ भने राप्रपाकी हिमला गुरुङले सात हजार एक सय ६६ मत ल्याउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?