समाचारमा केन्द्रित भएर मात्रै प्रिन्टेड मिडियाहरु अब सञ्चालन हुन सक्दैनन् : मन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चलन हुन नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा द राइजिङ नेपालको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको बताउनु भयो । सूचना जनतासमक्ष लैजाने एउटा पाटो भएपनि जनताको कुराहरु र गुनासाहरु सकारसम्म पुर्‍याउने काम पनि सञ्चारमाध्यमको भएको बाउनु भयो । मन्त्री शर्माले जनतासम्म सरकारले गरेका निर्णयहरु पु¥याउने काम पनि सञ्चारमाध्यमको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले आउँदा प्रिन्टेड मिडिया खासगरी पनि सरकारी मिडिया हामीले विगतमा कुन सन्दर्भमा यो स्थापना भयो । कसरी अघि बढ्दै गयो । आज हामी कुन ठाउँमा छौँ भन्नेकुराको राम्रो समीक्षा नगर्ने हो भने हामी साच्चै नै सस्टेन गर्न गाह्रो छ । अघि बढ्न गाह्रो छ । हामी अघि बढ्न सक्दैनौँ । अहिले सूचना तथा प्रविधिमा आएको व्यापक परिवर्तन र हाम्रो सामाजिक चेतनामा आएको परिवर्तन, हाम्रो नेपाल्ी चेतनामा आएको परिवर्तन सबैकुरा हेरेर हामी अघि बढ्न जरुरी छ । समस्या जुन आएका छन्, त्यसको समाधान पनि सँगै छ । समस्या समाधान बोकेर आउँछ । सरकारी मिडियाको सन्दर्भमा भन्दा सूचना जनतासमक्ष लैजाने हाम्रो एउटा पाटो हो । तर जनता के चाहन्छन् ? भन्नेकुरा सरकारसम्म पुर्‍याउने कुरा पनि हो । जनताले सरकारप्रति गरिरहेको अपेक्षा के हो ? भन्नेकुराको जनताको लेभलबाट समीक्षाको काम पनि हो । यो दोहोर बनाउनुपर्छ, एकोहोरो बनाउनु हुँदैन । सरकारले गरेका कामहरु जनतासमक्ष लैजाने र जनताले चाहेका कुरा सरकारसम्म ल्याउने काम गर्नुपर्छ । सरकारले गरेका कामका गुनासाहरु पनि छन् भने ती कुरालाई व्यवस्थित ढंगले सरकारसमक्ष ल्याउनुपर्छ । हाम्रो प्रिन्टेड मिडिया चल्दै आयौँ, त्यसरी अब चल्न सक्दैन । अबका प्रिन्टेड मिडिया न्युज बेसिसमा गएर चल्दैनन् । न्युज त हाम्रो हातहातका मोबाइलमा जान्छ । अनलाइनहरु, युट्युबहरु छन् । त्यसबाट हेर्छौं । मिनेट मिनेटका न्युज हातका मिडियाबाट हेर्छौं । न्युज बेसिसमा गएर प्रिन्टेट मिडियाँ चलाउन सकिँदैन । खास विषयवस्तु, कुनै न कुनै विषयवस्तुको लिडिङ कार्यक्रम मिडियामा चाहिन्छ । त्यो प्रिन्टेट मिडियाले लिड गर्न सक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पुरानो ढाँचालाई छोडेर अब प्रविधिसँग नयाँ ढाँचाको विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समाचार विश्वसनीय र गुणस्तरीय बनाउँदै लैजानुपर्ने चुनौति अहिले देखिएको र त्यसमा गोरखापत्र संस्थानले काम गरिरहेको पनि बताउनु भयो । उहाँले समाचारका लाथि २४ घण्टा किन कुर्ने भन्नेकुरा नै अहिलेको चुनौति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको तिब्रतर विकाससँगै जसरी समय बदलिएको छ र हाम्रो दिमागलाई छिनछिनमा प्रविधिले चुनौति दिएको अवस्था छ । यस्तो अवस्थामा हामीले जुन खालको ढाँचामा निकै लामो समय चल्यौँ, रमायौँ । अब त्यो अवस्था छैन । अबको यात्रा धेरै नै चुनौति छ । २४ घण्टा कुरेर राइजिङ नेपाल किन पढ्ने भन्ने नै अबको चुनौति हो । कुनैबेला सरकारका गतिविधि र सामान्य घटना सूचना प्राप्त गर्न पर्खिनुपर्ने अवस्था छैन । कन्टेनमा हामीले अझै काम गर्नुपर्नेछ । त्यसको लागि काम गरिरहेको छौँ । आफ्ना सामग्री विश्वसनीय गुणस्तरीय बनाउनुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले नागरिकले के चाहन्छन् भन्नेकुरालाई बुझ्न सकेन भने पत्रकारिताको अस्तित्व संकटमा पर्नसक्ने बताउनु भयो । उहाँले पत्रकारितामा प्रविधिको विकास अनिवार्य रहेको र प्रविधिको विकास चुनौति मात्रै नभइ अवसर पनि भएको बताउनु भयो । उहाँले पत्रकारका उत्पादनहरुलाई नागरिकमा लैजान र सहज बिस्तार गर्न प्रविधि आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूचना दिनमात्रै पत्रकारिता सोच्थ्यौँ हामीले हिजोका दिनमा अब त्यो मात्रै रहेन । हामीले जे सूचना दिन्थ्यौँ, पत्रकारमार्फत जे सूचना पाउँथे त्यसलाई नै पत्रकारिता भनिन्थ्यो । तर अहिले पत्रकारिता नागरिकले के चाहन्छन् भन्नेकुरालाई बुझ्न सकेन भने पत्रकारिताको अस्तित्व संकटमा पर्नसक्छ । प्रविधिको विकास अनिवार्य छ । प्रविधिको विकास हुनुपर्छ, त्यो हाम्रा लागि चुनौति मात्रै होइन, अवसर पनि हो । हाम्रा उत्पादनलाई नागरिकमा लैजान र सहज बिस्तार गर्न प्रविधि हाम्रा लागि सहयोगी छ । नागरिकका आवाज पहिलो भन्नेकुरा प्राथमिकतामा राखेर जान जरुरी छ ।’

उहाँले सञ्चारमाध्यमहरुले नागरिकका आवाज पहिलो भन्नेकुरा प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?