खोटाङ । जिल्ला अस्पताल खोटाङमा एनआईसीयु नहुँदा नवजात शिशु र आमालाई काठमाडौं लगिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका निशा लिम्बुले जिल्ला अस्पताल दिक्तेलमा आईतबार बिहान ४ः३० बजे नर्मल रुपमा २९ हप्ता (७ महिना एक हप्ता)को नवजात शिशुलाई जन्म दिएपछि शिशुलाई एनआईसीयु राख्नुपर्ने भएकाले काठमाण्डौ लगिएको हो ।
लिम्बुले ११ सय ग्रामको शिशु जन्माएकी हुन् । आमा र बच्चालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हेलिकोप्टरमाफर्त आईतबार बिहान करीव १० बजे काठमाण्डौ पठाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिनुभयो ।
स्वास्थ्य संयोजक आचार्यका अनुसार नवजात शिशुलाई काठमाण्डौस्थित कान्ति बाल अस्पतालको एनआईसीयुमा भर्ना गरिएको छ । आमाको स्वास्थ्य सामान्य छ ।
एनआईसीयु भनेको समय नपुगी जन्मेका नवजात शिशु र जटिल समस्या भएका शिशुलाई राखरे उपचार गर्ने सुविधायुक्त मेशिन हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच