
काठमाडौं । अतिरिक्त समयमा जित निकाल्दै कीर्तिपुर ‘ए’ दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर ‘ए’ ले गोल्डेन गेटलाई १०७-१०२ ले पराजित गर्यो । कीर्तिपुर ‘ए’ का जयदीपले ३७ स्कोर गर्नुभयो । निर्धारित समयको खेल ९३-९३ को बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा कीर्तिपुर ‘ए’ ले १४-९ को अग्रता बनाउँदै जित सुनिश्चित गर्यो ।
नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी र टाइम्स बास्केटबल क्लब पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । आर्मीले हाउण्ड्सलाई ९४-७२ ले हरायो । आर्मीका निकेश मगरले १५ अंक जोड्नुभयो । आर्मीले सुरुका तीन क्वाटरमा २०-११, ३४-१४ र २४-२३ को प्रदर्शन गर्दै जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वाटरमा हाउण्ड्स २४-१६ ले अगाडि रहे पनि जितका लागि पर्याप्त भएन ।
टाइम्सले बौद्ध ‘ए’ लाई ११९-९७ ले पाखा लगायो । टाइम्सका लागि मोविन्द्र भण्डारीले २९ अंक बटुल्नुभयो । पहिलो क्वाटरमा ३०-२७ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई कायम राख्यो । टाइम्सले दोस्रोमा ३१-२७, तेस्रोमा २७-२६ र चौथोमा ३१-१७ को अग्रता लिँदै जितअन्तर फराकिलो बनायो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच