
मस्को । रुसले सन् २०२४ मा सात अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको रुसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टिनेन्ट जनरल सर्गेई काराकायेभले बताउनुभएको छ ।
रुसबाट प्रकाशित ‘रेड स्टार’सँगको अन्तर्वार्तामा काराकायेभले पछिल्लो पाँच वर्षमा रुसी सेनाले परीक्षण तथा तालिमका निम्ति २० भन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताउनुभएको छ । काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नी पूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आउँदो वर्ष थप सातवटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
रुस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सूचना आदानप्रदान जारी रहेको काराकायेभले बताउनुभयो । उहाँका अनुसार रुस र अमेरिकाले एकार्कोलाई प्रक्षेपणको विषयमा एक दिनअघि नै जानकारी प्रदान गर्ने प्रचलन छ ।
स्रोतका अनुसार, पूर्वसोभियत संघ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टाअगाडि सूचना लिने-दिने सम्झौता भएको थियो । सूचनाले प्रक्षेपणको मिति, स्थान तथा हतियारको प्रभावको बारेमा संकेत गर्छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच