काठमाडौं । साहित्यकार जगदीश्वर पोखरेलका एक साथ १५ वटा साहित्यिक कृतिको विमोचन गरिएको छ । यसअघि तीनवटा कवितासंग्रह पाठकमाझ ल्याउनुभएका जगदीश्वरले शनिबार १५ वटा छन्दा कविता एवं गीति पुस्तक विमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भाषाविज्ञ प्रा.डा.माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देललगायतले पर्दा हटाएर १५ वटा कृतिको एकसाथ विमोचन गरिएको थियो ।
एकसाथ विमोचन गरिएका पोखरेलका १५ वटा काव्य कृतिहरूमा शार्दूललालित्य, शब्दांश, शब्दतरंग, शब्दस्पर्श, अक्षरांकुर, भावमञ्जरी, सुन्दर ‘देश नेपाल, सारंगीको धुन, पद्मकुञ्ज, पद्यहार, पद्यमालती, पद्यमाला, पद्यपल्लव, पद्यमञ्जलि र पाउँदी’ छन् । ढेड दशकयता तयारी गरिएको फरक-फरक छन्द कविताहरू यी कृतिमा समावेश गरिएको छ ।
विमोचन समारोहमा कवि पोखरेलको बारेमा साहित्यकार बलराम दाहालले प्रकाश पार्दै कलिलो उमेरमा विभिन्न समस्याले थिचिए पनि अवकाश प्राप्त उमेरलाई पूर्ण सदुपयोग गर्दै उत्कृष्ट काव्यकृति ल्याउन जगदीश्वर सफल भएको जिकिर गर्नुभयो । विमोचन समारोहमा जगदीश्वरका १५ कृतिका बारेमा प्राज्ञ नरनाथ लुइँटेल, प्रा.डा.जीवन अधिकारी, हरि खनाल र पुरुषोत्तम सिग्देलले समीक्षा गर्दै हरेक कृतिको विशेषताबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्रा.डा.माधवराज पोखरेलले कार्यक्रममा बोल्दै कवि जगदीश्वर पोखरेलले एकसाथ १५ वटा कवितासंग्रह सार्वजनिक गरेर छन्द कवितामा क्रान्ति नै ल्याएको बताउनुभयो । कवि भुवनहरि सिग्देलले जगदीश्वरका हरेक कविता राम्रा भएको बताउनुभयो । उहाँको हुलाक सेवाको जागिरदेखि पश्मिनाको तानबुनासम्मको सिग्देलले चर्चा गर्नुभयो ।
कवि जगदीश्वर पोखरलले कार्यक्रममा बोल्दै डेढ दशकभन्दा लामो अथक प्रयासपछि यी फरक १५ वटा काव्यकृति तयार भएको जानकारी गराउनुभयो । यी कृतिका कविताहरू १९३ प्रकारका छन्दमा सिर्जना गरिएको पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच