जब टाइटनिक समुद्रमा डुबिरहेको थियो उसका नजिकै तीनवटा यस्ता जहाज थिए जसले टाइटनिकलाई बचाउन सक्थे । सबैभन्दा नजिक स्याम्पसन नामक जहाज थियो जोे टाइटनिकभन्दा सात माइल टाढा थियो । स्याम्पसनको क्याप्टेनले टाइटनिकबाट फायर गरेको सेतो मुस्लो देखेका थिए जुन निकै खतराको अवस्थामा फायर गरिन्छ । उनले टाइटनिकका यात्रुहरू कराइरहेको आवाज पनि सुनेका थिए । तर, स्याम्पसनका मानिसहरू गैरकानुनी तरिकाले बहुमूल्य समुद्री जीवहरूको शिकार गरिरहेका थिए । उनीहरूले आफ्नो जहाज नसमातिओस् भनेर अर्कोतर्फ जहाज मोडे । क्यालिफोरमियन नामक दोस्रो जहाज चौध माइल टाढा थियो ।
त्यस जहाजको क्याप्टेनले पनि टाइटनिकबाट निस्केको सेतो मुस्लो देखेका थिए । त्यस बेला टाइटेनिक चट्टानहरूबाट घेरिएको थियो र त्यस चट्टानको फेरो लगाइरहेको थियो । त्यसैले ती क्याप्टेनले बिहान हुनको प्रतीक्षा गरिरहेका थिए । जब ऊ बिहान त्यहाँ पुग्छ तबसम्म टाइटनिक समुद्रमुनि गइसकेको चार घण्टा भएको थियो । टाइटनिकका क्याप्टेन एडवर्ड स्मिथसहित १५६० यात्रुहरूले जल समाधि लिइसकेका थिए । तेस्रो जहाज क्यारपेथिया टाइटनिकभन्दा अडसट्ठी माइल टाढा थियो । त्यस जहाजको क्याप्टेन अर्थो रोस्ट्रनले रेडियोमार्फत टाइटनिकका यात्रुहरूको चित्कार सुनेका थिए जबकि उनको जहाज उल्टो दिशामा गइरहेको थियो ।
विगतका सबै आन्दोलन र विद्रोहहरू हामीले हेरिसकेका छौं । आमजनता शुद्ध मनले देश र जनताका लागि आन्दोलनहरूमा होम्मिए र बलिदान दिए र तर नेतृत्व पंक्तिले भ्रष्टाचार गरेर अकूत धन सम्पत्ति कमाउन, देश र जनतालाई समाप्त पार्न कुनै कसर बाँकी राखेका छैनन् ।
यिनले तुरुन्त आफ्नो जहाजको दिशा बदले र चट्टानहरू र भयावह हुरीको चिन्ता नगरी टाइटनिकलाई बचाउन रवाना भए तर त्यो टाढा भएकाले टाइटनिक डुबेको दुई घण्टापछि मात्र टाइटनिकको लोकेसनमा पुगे । उनले जहाज र यात्रुलाई त बचाउन सकेनन् तर लाइफबोटहरूको सहाराले बाँकी सात सय दश यात्रुहरूलाई जिउँदै बचाएर सुरक्षित न्यूयोर्क पुर्याए । पहिलो जहाज हामी नेपालीहरूको जस्तो हो जो देश डुब्न लागेको बेलामा पनि चूप लागेर बस्छौं वा देश बचाउने आन्दोलन वा विद्रोहबाट आँखा लुकाएर भाग्छौं । दोस्रो जहाज हामीमध्ये त्यस्ता मानिसहरूका हौं जो देश डुब्न लागेको भनिरहन्छौं, सामाजिक सञ्जालहरूमा चिन्ता व्यक्त गर्दछौं तर ऐन समयमा देश बचाउन अघि सर्दैनौं, अन्तिम समय हेरेर बस्छौं जब धेरै नोक्सानी भइसकेको हुन्छ तबमात्र अगाडि बढ्छौं ।
तेस्रो जहाज भनेको हामीमध्ये त्यस्ता हौं जो देश डुब्न लागेको बेला केही नसोचेर देशलाई डुब्नबाट बचाउन सडकमा आउँछौं । हाम्रो जिन्दगीमा धेरै बाधा अड्चनहरू रहन्छन्, चुनौतीहरू हुन्छन् तर बहादुरीका साथ त्यसको निवारणका लागि, राष्ट्र र जनतालाई बचाउन तुरुन्त अगाडि बढ्नुपर्ने सन्देश तेस्रो जहाजका क्याप्टेनले दिन्छन् । श्रीनिवास गुरु थुनामुक्त भएपछि भने, अबदेखि म कुनै राजनीतिक दल वा व्यक्तिको पछाडि लाग्नेछैन । केही दिन थुनामा बस्दा उनको हौसला कम भइसकेको रहेछ । सच्चा धर्मगुरु, पुरोहित, साधु सन्यासी कुनै व्यक्ति वा दलको पछाडि लाग्ने होइन । विगतका सबै आन्दोलन र विद्रोहहरू हामीले हेरिसकेका छौं, सबै विदेशी शक्तिहरूबाट प्रायोजित थिए । आमजनता शुद्ध मनले देश र जनताका लागि आन्दोलनहरूमा होम्मिए, हजारौंले प्राणको बलिदान दिए र तर नेतृत्व पंक्तिहरू आफ्ना मालिकहरूप्रति बफादारी र भ्रष्टाचार गरेर अकूत धन सम्पत्ति कमाउन देश र जनतालाई समाप्त पार्न कुनै कसर बाँकी राखेका छैनन् । साधु सन्त आदिले इण्डियामा भएका नागा सन्यासीहरूबाट देशभक्ति तथा धर्म रक्षाको आन्दोलनबाट शिक्षा लिनुपर्छ ।
नागा साधुहरूसँग एक हातमा शास्त्र र अर्को हातमा शस्त्र हुन्थ्यो । धर्म तथा राष्ट्रका रक्षाका लागि उनीहरू शस्त्र उठाउँथे । सन् १६६६ मा जब मुगल सम्राट औरंगजेबका सेनाले जब हरिद्वारमाथि आक्रमण गर्यो तब नागा साधुहरू मुगल सेनासँग युद्ध गर्न अगाडि आए । जब त्यही मुगल सेनाले बनारसमा विश्वनाथ मन्दिरमाथि आक्रमण गरे तब नागा साधुहरूले शस्त्र लिएर औरंगजेबका सेनाको प्रकोपबाट बनारसलाई बचाएका थिए । जब बंगालमा इष्ट इण्डिया कम्पनीको शासन थियो नागा साधुहरूले अंग्रेजविरुद्ध सशस्त्र विद्रोह गरे जसलाई सन्यासी विद्रोह भनिन्छ । बक्सर युद्धपश्चात् सन् १७७० मा जब इष्ट इण्डिया कम्पनीले जनताबाट कर असुल्न थाले सन्यासीहरूले अंग्रेजविरुद्ध जलपाइगुडी, मुर्शिदावाद र बैकुण्ठपुर जंगलमा सशस्त्र युद्ध गरेका थिए । त्यस युद्धमा सन्त, महात्माहरूले पनि साथ दिएका थिए ।
युधिष्ठिरको धर्मपरायण र सत्यवादी व्यक्तित्व काम लाग्ने थिएन । श्रीनिवास थुनामा पर्दा कुनै साधुसन्त सडकमा निस्केनन् । देश तथा धर्मको रक्षाका लागि धार्मिक ज्ञानका साथै शारीरिक बल पनि पर्याप्त चाहिन्छ । महाभारतबाट सिकौं ।
अंग्रेजको शासनकालमा राजस्थानको मोहल्ला गढीमा शिव मन्दिर स्थापना गर्न दिइएको थिएन । त्यसबेला त्यहाँ चारैतिर जंगल नै जंगल थियो । त्यहाँ एक तपस्वी नागा बाबा बस्दथे । गोभक्त नागाबाबा नित्य शिवजीको पूजा गर्दथे । १० मई १८५७ मा मेरठमा सिपाही विद्रोह सुरु भएपछि धौलाना भन्ने ठाउँका क्रान्तिकारीहरूले मट्टितेल छर्केर प्रहरी कार्यालयमा आगो लगाइदिए । त्यस आगाको मुस्लाको आवाज लन्डनसम्म पुग्यो । अंग्रेजहरू बौलाए । उनीहरूले क्रान्तिकारीहरूको सूची बनाएर चौध क्रान्तिकारीलाई फाँसी दिए । त्यो कुरा ती नागाबाबालाई थाहा भएपछि देशभक्तिबाट प्रेरित भएर उनले अंग्रेजविरुद्ध अभियान चलाए ।
उनले गाउँ गाउँ डुलेर जनतालाई अंग्रेज विरुद्ध क्रान्तिको आहृवान गरे । धर्म तथा राष्ट्रको रक्षाका लागि अंग्रेजलाई देशबाट धपाउन आहृवान गरे । एउटा चौकीदारलाई अंग्रेजको जागिर छोडेर यो अभियानमा लाग्न भने र तर चौकीदारले धोका दियो । उसले यो कुरा अंग्रेजलाई बताएपछि अंग्रेज शासकले नागाबाबालाई धेरै प्रलोभन दिए तर उनले उनीहरूको प्रलोभनमा नपरी जवाफ दिए, साधु कहिल्यै फाँसीमा झुण्ड्याउने र लुटपाट गर्ने लुटेराहरूको समर्थन गर्दैन । यो जवाफ सुन्नासाथ अंग्रेजले नागाबाबाको शरीरलाई गोलीले छिया छिया पारिदिए । नागा बाबा मरेको देखेपछि उनले पालेको गाई करायो । गाई कराएको सुनेर अंग्रेजले त्यसलाई पनि गोली चलाएर मार्यो ।
अफगानी शासक अहमद शाह अब्दाली दिल्ली र मथुरामाथि आक्रमण गर्दै गोकुलतिर बढिरहेका थिए । बाटामा उनी नरसंहार गर्दै, महिलाहरूलाई बलात्कार गर्दै र बालबालिकालाई बाहिर बेच्न पठाउँदै अघि बढिरहेका थिए । मुलुकमा मुसलमानहरूबाट भएको आमहत्या र देश तथा धर्ममाथि आक्रमण गरेको देखेर पाँच हजार नागा साधुहरू उनको प्रतिकार गर्न अगाडि बढे । त्यो भयंकर युद्धमा दुई हजार नागा साधुहरूको मृत्यु भयो तर उनीहरू शत्रुविरुद्ध डटेर लडिरहे । उनीहरूलाई अगाडि बढ्न दिएनन्, उनीहरूलाई काट्दै अगाडि बढे । अब्दालीपछि हट्न बाध्य भए । शुरुमा उनले साधु सन्यासीहरूलाई देखेर मजाक गरेका थिए जब साधु सन्यासीहरूको शक्ति देखे तब उनलाई पसिना आयो । यस्तै घटना जोधपुरको छ । मुगल शासक जोधपुरमाथि गलत नियतले सेना लिएर अगाडि बढिरहेका थिए । नागासाधुहरूले यो खबर थाहा पाएपछि आफ्नो समाधि तोडेर त्रिशूल र तलबार लिएर मुगल सेनाविरुद्ध लड्न अगाडि बढे । यी नागासाधुहरूले दोब्बर ताकतले लडेर मुगल सेनालाई पराजित गरेका थिए ।
सनातन धर्मका लागि सक्कली साधु सन्यासी, सन्तमहन्त ज्यानको बलिदान दिन्छन् तर देशद्रोही विदेशी तथा देशी शत्रुहरूको अगाडि आत्मसमर्पण गर्दैनन् । देश तथा धर्म रक्षाका लागि सत्यवादी, धार्मिक, आदर्शवान, तटस्थ र कानुनको पालना गर्ने भएर न त देश बच्छ न त धर्म नै । युधिष्ठिरलाई धर्मराज भनिन्छ । उनी सदैव सत्य बोल्दथे र धर्मको मार्गमा हिँड्थे । के धार्मिक तथा सत्यवादी धर्मराज एक्लै युद्ध जित्न सक्दथे ? सक्दैनथे र कुरुक्षेत्रलाई नजितीकन हस्तिनापुरको महाराज बन्न पाउँदैनथे । जब दुष्ट दुर्योधन र कपटी शकुनीले श्रीकृष्णको अनुरोध स्वीकार गरिरहेका थिएनन् तब दुबै मामा भाञ्जा हुँदा हुँदै अन्धा पिता धृतराष्ट्र कहिल्यै पनि न्याय गर्न सक्दैनथे । अहिले हेर्ने हो भने नेपालको कानुन पनि धृतराष्ट्रजस्तै छ । यसले न्याय गर्नै सक्दैन । सदैव अन्यायको पक्षमा उभिन्छ ।
जे होस्, युधिष्ठिर अनुज भीम र अर्जुन र परामर्शदाता तथा मार्गदर्शकश्रीकृष्ण नभएको भए युधिष्ठिर एकदिन पनि युद्धमा टिक्न सक्दैन्थे । कर्म र पुरुषार्थ विना धर्मको स्थापना असम्भव छ । पुरुष हुनुको अर्थ पुरुष हुनु तथा पुरुष धर्म हुनु पनि हो । पुरुषार्थ नहुनु नपुुंसक हुनु हो । नपुंसकता भनेको केवल सन्तान उत्पत्ति गर्न नसक्नुमात्र होइन । वनमा सबैभन्दा बढी सन्तान उत्पादन सिंहले गर्दैन बरू मच्छरले गर्छ तर जंगलको राजा त सिंह नै हुन्छ मच्छर हुँदैन । देश तथा धर्मको रक्षाको मामिलामा अहिले अधिकांश नेपाली जनता मच्छर जस्तै भएका छन् । धृतराष्ट्रका एकसय पुत्र थिए तर के उनमा पुरुषार्थ थियो ? थिएन किनकि उनीहरू मच्छरजस्ता मात्र थिए र मच्छरको सन्तानले मानिसको रगतमात्र झुक्काएर खान जानेको हुन्छ, मनुष्यमाथि राज गर्न जानेको हुँदैन ।
धृतराष्ट्रमा सय प्लस सन्तान जन्माउने पुरुषार्थ थियो तर पौरुषता थिएन । किनकि उनले सदैव अधर्मलाई साथ दिए । सनातन संस्कृतिको विषयमा हामी निकै बहस गर्छौं । जता हेरे पनि गेरुवा वस्त्रधारी साधु, सन्यासीहरूको कमी छैन । पुरोहितहरू पनि असंख्य छन् तर उनीहरूको धर्म भागवत कथा भन्ने, यजमानी गर्ने र श्रीसम्पत्ती कमाउने जस्तोमात्र देखिएको छ । कोही कोही विदेशीका लागि काम गर्ने ढोङी साधुसन्त छन् । के धर्म यही हो ? के धर्म रक्षाको कार्य यही हो ? यो एक किसिमको सजिलो व्यापार हो, धर्म होइन । यहाँ गेरुवा वा श्वेत वस्त्रधारीहरूले धर्मको रक्षा गर्न सकेका छैनन् । देश तथा धर्मको रक्षाका लागि शास्त्रका साथै शस्त्र उठाउन हिम्मत गर्न सक्नुपर्छ ।
शास्त्रज्ञानको साथै शस्त्रज्ञान पनि आवश्यक हुन्छ । आफ्ना भक्तजनलाई शास्त्रको ज्ञानको साथै शस्त्रको ज्ञान पनि दिनुपर्छ । ता कि समय आउँदा देश तथा धर्म रक्षार्थ त्यसको प्रयोग गर्न सकून् । भीम अर्जुन र श्रीकृष्ण नभए कुरुक्षेत्रको युद्धमा दुर्योधनको जित हुने थियो ?
युधिष्ठिरको धर्मपरायण र सत्यवादी व्यक्तित्व काम लाग्ने थिएन । श्रीनिवास थुनामा पर्दा कुनै साधुसन्त सडकमा निस्केनन् । देश तथा धर्मको रक्षाका लागि धार्मिक ज्ञानका साथै शारीरिक बल पनि पर्याप्त चाहिन्छ । महाभारतबाट सिकौं । नागाबाबाहरू शिवभक्त भएकाले शिव जस्तो तपस्वी पनि थिए र शिवकै जस्तो रौद्र रूप धारण गरेर ताण्डव मच्चाउने शक्तिका पनि थिए । धर्म रक्षाका लागि यस्ता कुरा पनि आवश्यक छ भन्ने कुरा के हाम्रा गुरु पुरोहित, साधुसन्तले बिर्सेका हुन् ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच