रियल ला लिगाको शीर्ष स्थानमा उक्लियो  

हिमालय टाइम्स
Read Time = 1 min

मड्रिड । रियल मड्रिडले भिल्लारियाललाई हराएर स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी भएको हो ।

खेलको २५ औँ मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै बेलिङह्यामले रियललाई अग्रता दिलाए । ३७ औँ मिनेटमा रोड्रिगोले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवातमा होसे लुइस मोरालेसले भिल्लारियालका लागि गोल फर्काए । ब्राहिम डियाज र मोड्रिचले ४ मिनेटमा अन्तरमा दुई गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।

१७ खेलपछि रियलको ४२ अङ्क रहेको छ । एक खेल कम खेलेको जिरोनाको ४१ अङ्क छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?