नबिलद्वारा हिंसा तथा उत्पीडन सुरक्षा तालिम

Read Time = 3 mins

काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा फाइट-ब्याक नामक संस्थाको सहकार्यमा आयोजित कार्यशालामा ७० जना कर्मचारीको सहभागिता थियो ।

उपत्यकाभित्रका शाखाका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइनमार्फत् सहभागी भएका थिए । कार्यक्रमबाट कर्मचारीले कार्यस्थल हिंसा तथा उत्पीडन भनेको के हो, कार्यालयमा त्यस्ता गतिविधि कुन तरिकाबाट हुन सक्छन्, हुन नदिन कसरी सजग रहनुपर्छ र भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक तथा प्रयोगात्मक तरिका प्रदर्शन गरी जानकारी दिइएको थियो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्मचारीको मनोबल बढाउन र समाजमा घट्न सक्ने गतिविधि सामना गर्न यसप्रकारको चेतनामूलक कार्यक्रम उपयोगी रहेको बताउनुभयो ।

कार्यक्रममा कानुनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारका रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताउनुभयोे । उहाँले भन्नुभयो, ‘मैले यो कक्षामा आत्मरक्षासम्बन्धी तरिकामात्र सिक्छु सोचेकी थिएँ तर मैले धेरै उपयोगी सीप सिक्न पाएँ । जस्तै, कसरी यौनहिंसा अथवा कुनै दुव्र्यवहार हुँदा प्रस्तुत हुने, कसरी आफूलाई सुरक्षित राख्ने, आफ्नो आवाज कसरी औजार बनाउने जस्ता धेरै कुरा सिक्न पाएँ । जसले मेरो आत्मबल बढेको छ ।’

कार्यालयस्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्न सक्ने हिंसालाई ध्यानमा राखेर नारी दिवसको दिनमा बैंकका कर्मचारीलाई एकदिने तालिम सञ्चालन गरिएको बैंकका मानव संसाधन प्रमुख दिवस कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?