स्पेन र जर्मनीले अंक बाँडे

Read Time = 2 mins

दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन् । अल बेयत रंगशालामा सोमबार बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलको ६२औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाउनुभएको थियो । यसपछि खेलको ८३औँ मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

यस बराबरीसँगै समूह ‘ई’ बाट दुवै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अंक जोडेको छ भने जर्मनी दुई खेलमा एक अंक जोडेर पुछारमा रहेको छ । एक गोलले पछि परेको अवस्थामा निकलसले बराबरी गोल फर्काउँदै स्पेनका लागि महत्वपूर्ण अंक दिलाउनुभएको हो । बराबरी गोल नफर्काएको भए स्पेन समूह चरणबाटै बाहिरिन्थ्यो ।

कोस्टारिकाले जापानलाई पराजित गरेसँगै जर्मनीले जित हात पारे उसको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना बलियो थियो । तर, निकलसले त्यसो हुन दिनुभएन । अब जर्मनीले अन्तिम १६ मा प्रवेशका लागि समूहको अन्तिम खेलमा कोस्टारिकालाई पराजित गर्नुपर्नेछ । यस्तै, जापानले भने स्पेनसँग हार बेहोर्नुपर्नेछ । अन्यथा गोलअन्तरका आधारमा निर्णय हुनेछ ।

पहिलो हाफमा स्पेन खेलमा पूर्ण हावी देखिएको थियो । डानी अल्मोको प्रहारलाई गोलरक्षक म्यानुयल नउले पन्च गर्दै खतरा टार्नुभएको थियो । अन्तिममा जर्मनीका लागि लेराय सानेले पनि गोल गरिसक्नुभएको थियो तर उहाँको प्रहारलाई गोरक्षक नउलेले विफल पारिदिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?