जुम्लामा रंगशाला निर्माणको काम तिब्र गतिमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-५ स्थित राजासिमा निर्माणधिन रंगशालाको कामलाई सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाले तिब्रगतिमा अगाडि बढाएको छ । आयोजना अन्तर्गत नगरपालिका भित्रका एकिकृत शहरी पुर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० बाट बोलपत्रको काम सूरु भएको थियो । आयोजना प्रमुख सिंहले भन्नुभयो,“ सम्झौता मिति २०८०/०१/१९ गतेबाट भएको हो । कार्य सम्पन्न गर्नुपर्ने मिति २०८१/०७/ १९ गते रहेको छ । ” नगरभित्रका विभिन्न भौतिक संरचनासहित रंगशाला निर्माणको लागि कुल ४० करोड ६२ लाख ४४ हजारमा कविन्द्र निर्माण सेवा कम्पनी प्रा.लि. काठमाडौसंग सम्झौता भई निर्माणका काम अघि बढेको आयोजना प्रमुख सिंहले जानकारी दिनुभयो ।

निर्माण आयोजना कार्यालयका सुचना अधिकारी चन्द्रबहादुर खड्काले १३ करोड लागतमा सुविधायुक्त रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । अहिले रंगाशालाका पक्की भवन निर्माणधिन अवस्थामा रहेको सुचना अधिकारी खड्काको भनाइ छ । जिल्लामा रंगशाला नहुँदा खेलाडीहरूलाई खेल खेल्न र अभ्यास गर्न समेत निकै सकस हुने गरेको थियो ।

अबको दुई वर्ष भित्र रंगशाला निर्माण भएपछि जिल्लास्तरीय विभिन्न खेलकुद आयोजना गर्न सहज हुने भवन निर्माण आयोजना कार्यालय जुम्लाका सुचना अधिकारी खड्काको भनाइ छ । कर्णाली प्रदेशकै नमुना रंगशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले जनाएको छ ।

पहिलो विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाको नाममा रंगशाला निर्माण भइरहेको भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ । उक्त आयोजनाले जुम्ला लगायत कालिकोट, डोल्पा, मुगु र हुम्लामा आफ्नो कार्यक्षत्र भई विकास निर्माणका कामलाई अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?