झापा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको जिकिर थियो ।
आईतवार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीमाझ उहाँले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनैपनि खालको गतिविधिबिरुद्ध एमाले लाग्ने चेतावनी समेत दिनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले कोशी प्रदेशको नामाकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र ? भनि प्रश्न गर्नुभयो । उहाँले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोप समेत लगाउनु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘मधेस प्रदेशको बारेमा एमालेका फरक दृष्टिकोण थियो । हामीले मिथिला वा केही राख्नुपर्छ भनेका थियौं । तर प्रक्रियाबाट टुंगो भयो, सक्कियो नि । मधेश प्रदेश राखियो । सिद्धियो । अब त्यसमा हामीले यो भएन भनेर बितण्डा गर्न मिल्छ ? मिल्दैन नि । एउटा प्रक्रियाबाट दिउँसै खुलेआम प्रक्रियाबाट सहभागि भएर मोर दयान नाईन्टी पर्सेन्टले भोट हालेर टुंग्याएको विषयप्रति फेरी यस्तो र त्यस्तो भन्न मिल्छ यदि त्यस्तो हो भने पनि । यसको आफ्नै विधि र प्रक्रिया छ नि । के मारकाटमा उत्रेर त्यो समस्याको समाधान हुन्छ ? म के भन्न चाहन्छु भने–मारकाटमा उत्रेर कुनै पनि खालको समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव हुँदैन । नेकपा एमाले त्यसको विरुद्धमा रहन्छ । होइन संवैधानिक प्रक्रियाले, शान्तिपूर्ण प्रक्रियाले, विधिसम्मत ढंगले कसैले पनि यो भएन, यो हुनुपर्छ । यो होइन, त्यो हुनुपर्छ भन्न सक्छ । यो स्वभाविक कुरा हो । तर त्यो भन्दा फरक ढंगले के एमालेले आफ्नो कमिटीको निर्णय गराएको हो त्यो ? कि प्रदेशसभाको तर्फबाट निर्णय भएको हो । प्रदेशसभामा त सबै थिए । बरु त्यस्ता साथीहरुले त कहाँ सोध्नुपर्छ भने हिजो ती सचेत थिए कि थिएनन ? उपस्थित हुँदाहुँदै भोट हालेर प्रदेशको नाम टुंगो गर्ने । एमालेका नेता कोही आएर त्यहाँ खबरदार यो गर भनेर लागू हुन्थ्यो, लागू हुनसक्छ ? यसको जवाफ कसले दिने ? यो त्यसकारणले सामाजिक सद्भावलाई अलिकति अस्वस्थ बनाउने, यसलाई बिगार्ने हिसावले कसैले पनि काम गर्नुहुँदैन । यो गलत कुरा हुन्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको दाबी समेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच