काठमाडौं । संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको सुनुवाई सकिएको छ।
सिंहदरबारमा सोमबार बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशमध्ये सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालसँग सुनुवाई गरेसँगै ६ जनाकै सुनुवाई सकिएको हो।
सुनुवाई भएका प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनका लागि पुस ४ गते बैठक बस्ने समितिले जनाएको छ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो।
जसमध्ये सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले छिटो न्याय प्रदान गर्ने, पुराना मुद्दाहरूलाई किनारा लगाउँदै जाने कुरालाई एकीकृत कार्ययोजनाका साथै प्रणालीगत विकास गर्नुपर्ने बताउनु भयो। उहाँले बहस व्यवस्थापन सम्बन्धमा लिड लयरको व्यवस्थापन गरी बहस गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले न्याय सम्पादनका क्रममा आफु समक्ष आएका विवादलाई नपन्छाउने बताउनु भयो । त्यस्तै, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानून र न्यायका मान्यताहरुका आधारमा निर्णय लिने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले आफ्नो न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण नबनाउने पनि बताउनु भएको थियो ।
त्यस्तै अर्का प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले न्यायसेवाको गुणस्तर, सहज कार्यवातावरण र छिटो न्याय प्रदानका साथै विकृति, भ्रष्टाचार अन्त्य गर्न आफूले पहल गर्ने बताउनु भयो । उहाँले न्यायीक सुधारका लागि यसअघि आएका प्रतिवेदनका आधारमा यस क्षेत्रको सुधारका लागि पनि आफू लागिपर्ने बताउनु भयो ।
सुनुवाई समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेमात्रै नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच