![स्वास्थ्यका लागि अनार](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/Pomegranate-for-health.jpg)
काठमाडौं । हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मान्छे भित्रको ज्ञान र ऊर्जा व्यक्त गर्न नसकेमा जीवन निरर्थक हुने बताउनु भएको छ । बानेश्वर बहुमुखी क्याम्पसद्वारा सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलबार आयोजित वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्नुहुँदै प्रधान सम्पादक दाहालले विद्यार्थीलाई आफूभित्रको चेतना प्रभावकारी ढंगले अभिव्यक्त गर्न सुझाव दिनुभएको हो । ‘तपाईंभित्रको ऊर्जा प्रकट गर्ने क्षमता भएन भने काठ जस्तै फालिनुहुन्छ ।’ प्रधान सम्पादक दाहालले भन्नुभयो । अतिरिक्त क्रियाकलापमा संलग्नभई आफ्नो प्रतिभा प्रदर्शन गर्ने विद्यार्थी जीवनमा सफलहुने उहाँको भनाइ थियो ।
प्रतियोगितामा सहभागी प्रतियोगिले वैदेशिक रोजगारी : चुनौती र समाधान, समाज रुपान्तरणमा शिक्षित युवाको भूमिका, शैक्षिक विकासमा राज्यको दायित्व तथा युवाशक्तिको पहिचान र उपयोगिता शीर्षकमा मन्तव्य व्यक्त गरेका थिए ।
क्याम्पसको स्नातकतहका विभिन्न संकायका विद्यार्थी सहभागी प्रतियोगितामा सरिता देवकोटा प्रथम, सुजाता टामाटा द्वितीय, यशोदा थापा तृतीय र रोशन भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।
क्याम्पसका प्राध्यापक डा. रमेश शुभेच्छुको सभापतित्वमा सम्पन्न समारोहमा क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्कालगायत क्याम्पसका प्राध्यापकको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी मनिषा बस्नेतले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच