काठमाडौं । भ्याली पब्लिकले समृद्धि यू-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२-५० ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा प्रवीण गुरुङले २५ अंकको योगदान गर्नुभयो । महिलामा भने भ्याली पब्लिक चुक्यो । सन्ध्या डंगोलको १४ अंकको सहयोगमा आइएएस नेपालले भ्याली पब्लिकलाई ५०-२३ को फराकिलो अन्तरले हरायो । गल्र्सकै अर्को खेलमा जेभियर इन्टरनेसनल कलेजले गोल्डेन गेटलाई पन्छायो ।
पुरुषको अन्य खेलमा स्नोल्याण्ड, रोयल र ग्रिनफिल्डले जित हात पारे । स्नोल्याण्डले हाउन्ड्सलाई ४४-३६ ले पन्छायो । विजेताका गगन राईले १७ स्कोर गर्नुभयो । रोयलले जेभियरमाथि ६८-४५ को जित रच्यो । रोयलका श्रीयुक्ता सोले १८ अंक जोड्नुभयो । टाइम आउटविरुद्धको प्रतिस्पर्धामा ग्रिनफिल्ड ७१-६१ ले विजयी भयो । ग्रिनफिल्डका सोनम लामाले २३ अंक जोड्नुभयो ।
प्रतियोगिताको पुरुषमा २० तथा महिलामा पाँच टिम छन् । पुरुषमा सहभागीलाई आठ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । महिलाको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि भिड्नेछन् ।
दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन् । पुरुष/महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ । फाइनल पुस १० गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच