![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/kalopatre-shuru.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्नुभएको छ ।
मन्त्री सुदन किराँतीले क्रिश्चियन धर्मको प्रचारमा दिएको अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले बर्खास्तीको माग गर्नुभएको हो । मन्त्री किराँतीले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिनुभएको थियो ।
मन्त्री किराँतीले साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएकाले पदमा बस्न नमिल्ने सभापति लामिछानेको भनाइ छ ।
सामाजिक सञ्जालमा सन्देश लेख्दै सभापति लामिछानेले सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने व्यक्ति मन्त्री पदमा बस्न नमिल्ने बताउनु भएको छ ।
‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीत र अत्यन्तै खेदजनक छ,’ लामिछानेले लेख्नुभएको छ, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ रु प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’
यतिबेला मन्त्री किराँतीको उक्त अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच