
बाँके । डिउटीको समयमा रहेको बेला दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवानलाई उनका सहपाठीहरुले आर्थिक सहयोग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले मृतक प्रहरी जवान विशाल ओलीको घरमै पुगी बाँके प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरुले २ लाख ५७ हजार ९ सय ८८ रुपैयाँ रकम संकलन गरी मृतकका परिवारलाई हस्तान्तरण गरिएको बताउनु भयो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदन चोकमा मंसीर २८ गते राती डिउटिमा रहेका रुकुम पश्चिम मुसीकोट १३ का ३२ वर्षिय प्रहरी जवान बिसाल ओलीको र बर्दियाका प्रहरी सहायक हवल्दार लालबहादुर बुढा क्षेत्रीलाई पुर्व बाट पश्चिम तर्फ गइरहेको भे १ च ३४९७ नम्वरको बोलेरो जिपले ठक्कर दिएको थियो ।
गम्भिर घाइते दुवैजनालाई तत्काल मेडिकल कलेज कोहलपुर लगिएको थियो अस्पताल पुगे लगत्तै ओलीको मृत्यु भएको थियो भने क्षेत्रीको उपचार चलिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच