छलफलमै छौं, १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ । छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।” भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?