पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरले उत्पादनका आधारमा अनुदान दिँदै किसानलाई प्रोत्साहन गर्ने भएकाे छ ।
किसानलाई उत्पादनमा जोडी उत्पादनमा आधारित अनुदानको ब्यवस्था गर्दै किसानलाई प्रोत्साहन गर्ने नीति लिइएको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
कृषकहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्नका लागि नगरपालिकाले प्रोत्साहन गर्नेका लागि वडा नम्बर १, १२, १३ लाई मकै पकेट क्षेत्र वडा नम्बर ८,११,१२ लाई गहुँ बाली र वडा नम्बर ६ र ३ लाई तोरी पकेट क्षेत्रको रुपमा बिकास गरिएको उहाको भनाइ छ । नगरले गहुँ तोरी र मकैको बीउ भने नगरपालिकाले ५० प्रतिशत सहुलियत, आलु पकेट क्षेत्रको रुपमा बिकास गर्ने गरि १ सय क्विन्टल आलु उपलब्ध गराइएको छ ।
यसै गरी वडा नम्बर २,५,१० र १६ लाई बाख्रा पालनका लागि उपयुक्त मानिएकाले सोही अनुरुप खोर सुधार कार्यक्रम अन्तर्गत ७५ प्रतिशत नगरपालिकाले अनुदान उपलब्ध गराउनुका साथै कृषकलाई उन्नत प्रजातिका बोका वितरण गरिने नितिका साथ नगर अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो । साना किसान कृषि सहकारी संस्था लि पंचनगरको २४ औँ बार्षिक साधारणसभामा सम्बोधन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले किसानहरु नगरले थप प्रोत्साहन गरिने बताउनु भयो ।
संस्थाका संस्थापक अध्यक्ष ऋषिराम सुबेदीले आफूहरुले स्थापना कालमा निकै दुख गरेर संस्थाको स्थापना गरेको भन्दै किसानहरुले आधुनिक र व्यवसायीक तवरले कृषि अपनाउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै सुवेदीले शेयर सदस्यहरुलाई जुन उदेश्यको लागि ऋण लिएको हो त्यसमै खर्च गरेको खण्डमा आए आर्जन हुने र ऋण फिर्ता गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईंले आफ्नो वडामा संचालित सहकारी संस्थाहरुलाई नगरपालिकाबाट सहयोग गर्दै आएको बताउनु भयो । चापागाँईले शेयर सदस्यहरु साधारणसभामा सहभागी हुनपर्ने धारणा राख्नुभएको थियो ।
साना किसान विकास बैंक बुटवलका प्रबन्धक गणेश प्रसाद भट्टराईले सहकारी ऐनले एकै व्यक्ति धेरै सहकारी संस्थाहरुमा शेयर सदस्य बन्न नहुने भनेको बताउँदै एउटा सहकारीमा बस्ने ऋण लिन र उद्देश्य अनुसारको काममा लगानी गरेर समयमै ऋण तिर्न सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।
संस्थाले गत आ. व. मा १५ करोड ३३ लाख ऋण लगानी गरेको, १४ करोड ८३ लाख ऋण असुली गरेको, ३ करोड ८७ लाख ९६ हजार व्याज असुली गरेको संस्थाका अध्यक्ष मथुरा प्रसाद थारुले प्रतिवेदन मार्फत जानकारी गराउनुभएको थियो । त्यस्तै १ करोड ८५ लाख ९६ हजार रुपैयाँ भाखा नाघेको ऋणको रुपमा रहेको अध्यक्ष थारुले बताउनुभयो ।
कार्यक्रममा बर्दघाट ९ का दामोदर घिमिरे, बर्दघाट १० का गिरीधारी उपाध्याय, सरावल ८ का गंगोभी केवट र बर्दघाट ८ का पार्वती कुमाललाई जेष्ठ शेयर सदस्य सम्मान गरिएको थियो ।
त्यस्तै बर्दघाट १० का मथुरा प्रसाद थारु र बर्दघाट ११ का मोतिलाल गैरेलाई गुणस्तरिय दुध ल्याएको भन्दै सम्मान गरिएको थियो । त्यस्तै बर्दघाट १० का विष्णुमाया उपाध्यायलाई नियमित दुध ल्याउने कृषकको रुपमा पुरस्कृत गरिएको थियो भने बर्दघाट ९ को सन्त बहादुर कार्कीलाई अत्याधिक दुध ल्याउने किसानको रुपमा सम्मान गरिएको थियो । त्यस्तै संस्थाका कर्मचारी नरेश चौधरीलाई उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो ।
त्यस्तै सरावल ३ कि आसरानी देवी चौधरी र इन्द्र कुमारी चौधरीलाई सम्धिनी/सम्धिनी सम्मान गरिएको थियो । विशाल बहुउद्देश्यीयको अध्यक्ष बालकृष्ण लम्साल, संस्थाका पुर्व लेखा समिती संयोजक देविप्रसाद अधिकारी, साना किसान दाउन्नेदेवी अध्यक्ष देवीप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मधुरा प्रसाद थारुले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष प्रबिण फौजदारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष खेम नारायण थारुले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सहायक व्यवस्थापक नरेश चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच