फारवेष्ट पशुपति कप सुरु : साविक विजेता स्टार सिटीको जित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा छैठौं फारवेष्ट पशुपति कप २०८० धनगढी रंगशालामा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी क्वाटरफाईनल प्रवेश गरेको छ । उद्घाटन खेलमा पुर्नवास नगरपालिका खेलकुद विकास समितिलाई २-० ले किनारा लगाउँदै स्टार सिटीले अघिल्लो चरणको यात्रा तय गरेको हो । स्टार सिटीको जितमा विनोद केवत र कप्तान कुवेर सिंहले एक एक गोल गरे । विनोदले दोस्रो हाफको ५ मिनेटमा गोल गर्दै अग्रता दिलाए । अतिरिक्त समयमा कुवेर दोस्रो गोल गर्दै स्टार सिटीलाई जित दिलाए । खेलमा एक गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका स्टार सिटीका कप्तान कुवेर सिंह नै म्यान अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

प्रतियोगिता अन्तर्गत भोली शनिवार पहिलो खेल ईलाईट युवा क्लब र अलस्टार स्पोर्टस एकेडेमी तथा दोस्रो खेल टेकवहादुर चोखाल फाउण्डेसन र घोडाघोडी क्लब बीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।

प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?