
काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो ।
साथै उक्त योजनाअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गर्दै आएका ग्राहकले पनि सहजरूपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ ।
विशेष घर कर्जा योजनाअन्तर्गत पाँच वर्षसम्मका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोडसम्म कर्जा लिन सकिनेछ ।
बैंकले ग्राहकलाई छिटो, छरितो एवं सहजरूपमा कर्जा प्रवाह गर्न आवश्यक कागजात पेश गरेको तीन कार्य दिनभित्र बिनाझन्झट कर्जा प्रवाह गरिने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच