‘कठैबरा काठमाडौं !’ हरि गौतमको पुस्तक हो । यो विचारप्रधान निबन्धसङ्ग्रह हो । गौतम ओरियन्टल पब्लिकेसनका संस्थापक हुनुहुन्छ । राजधानी काठमाडौंमा बसरै केही गर्ने अभिलाषाका साथ आफ्नो छँदाखाँदाको जागिर छोडेर उहाँ यहाँ आउनुभएको थियो र ओरियन्टल पब्लिकेसनको स्थापना गरेर यसका माध्यमबाट केही गरिरहनुभएको पनि छ । उहाँले आफ्नो प्रकाशनबाट धेरै लेखक साहित्यिकारहरूका विभिन्न विधाका पुस्तक प्रकाशित गर्नुभएको छ भने आफैँले लेखेका, सम्पादन गरेका र खोजनुसन्धान गरेका पुस्तकहरू प्रकाशित गर्दै आउनुभएको छ ।
‘कठैबरा काठमाडौं !’ उहाँको निबन्धसङ्ग्रह हो । यसलाई उहाँले अनुसन्धान र अनुभवको सँगालो भन्नुभएको छ । पहिलो संस्करणका रूपमा २०८० सालमा प्रकाशित भएको यस पुस्तकको सर्वाधिकार लेखकमै निहित छ भने यसको लेआउट ओरियन्टल डेस्कबाट भएको छ । पहेंलो हलुका कागजको प्रयोग भएको यो पुस्तक डिएमआई साइजमा छ । छपाइ स्तरीय छ । अशुद्धिहरू कमै छन् । भूमिका खण्डमा १२ र पाठ्य खण्डमा ३६८ गरी पुस्तकमा जम्मा २८० पृष्ठ छन् र पुस्तकको मूल्य ६५० रुपैयाँ छ । यसको मुद्रक खुलाइएको छैन र ‘नेपालमा मुद्रित’ मात्र भनिएको छ ।
यस पुस्तकको आवरण तयार पार्ने कलाकारको नाम दिइएको छैन । सम्भवतः लेआउट गर्ने ओरियन्टल डेस्कबाटै यो तयार पारिएको हुनसक्छ । आवरणको माथिल्लो भाग पहेंलो रङको छ र यही भागमा पुस्तकको शीर्षक हल्का पहेंलो पृष्ठभूमिका बीचको गाढा पहेंलो गोलाकारभित्र ‘कठैबरा काठमाडौं !’ भनेर राखिएको छ । ‘कठैबरा’ सानोमा र ‘काठमाडौं’ ठूला अक्षरमा राखिएको छ । तल्लो आधा भाग नीलो रङमा छ । यस भागमा अमूर्त कलामा रेही रेखाचित्रको सहायताले नेपालका मौलिक कला झल्किने मठमन्दिर र धरहरा देखाइएको छ, तल दायाँ किनारामा पुस्तकका लेखाल हरि गौतमको नाम दिइएको छ ।
लेखकका व्यक्तिगत अनुभूति र अनुभवका साथै अनेकौं विषयका विविधतामय निबन्धात्मक रचना समेटिएका कारण यो पुस्तक पठनीय बन्नपुगेको छ । आफ्ना केही कृतिका माझ अर्को एउटा महत्वपूर्ण कृति लिएर आउन सफल बन्नुभएकोमा लेखक गौतमलाई बधाई र साथै कृतिको सफलताको कामना ।
आवरणको भित्रपट्टि सातैवटा प्रदेश छुट्याएर नेपालको चुच्चे नक्सा दिइएको छ । पृष्ठ आवरणमा नारायण ढकाल र प्रा.डा.लक्ष्मणप्रसाद गौतमको यस पुस्तक बारेको विचार दिइएको छ । तल अगाडिकै जस्तो चित्र दिनुका साथै प्रकाशन संस्था ओरियन्टल पब्लिकेसनको लोगोसहसति नाम दिएको छ । पृष्ठावरणको भित्रपट्टि लेखक गौतमको फोटोसहित संक्षेपमा उहाँका बारेमा जानकारी दिइएको छ । यहाँ उहाँबाट लेखिएका र सम्पादन गरिएका पुस्तकहरूको नाम पनि दिइएको छ ।
उहाँको झापा दिग्दर्शन निकै चर्चित पुस्तक हो । एउटा जिल्लाको समग्र पक्षलाई एकल प्रयासबाट समेटेर उहाँले उक्त पुस्तक तयार पार्नुभएको छ । यसलगायत उहाँका मौकिक र सम्पादित गरी आठवटा पुस्तक प्रकाशित भएको जानकारी यहाँ दिइएको छ । सुरुमा ‘भावीपुस्ता सान्वी, रोसनी र सम्भवमा समर्पित’ भनिएको यस पुस्तकको भूमिका प्रा.डा.हेमचन्द्र नेपालको ‘त्वदीयं वस्तुगोविन्द ः तुभ्यमेव समर्पये’ भनिएको छ । यसपछि विषयक्रम दिइएको छ । यो पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डलाई खण्ड ‘क’ भनिएको छ ‘कठैबरा काठमाडौं’ शीर्षकको शीर्ष निबन्धलगायत १३ वटा निबन्ध दिइएका छन् ।
खण्ड ‘ख’ भनिएको दोस्रो खण्डमा ६ वटा निबन्ध छन् । यस पुस्तकमा जम्मा १९ वटा निबन्ध समेटिएका छन् । पहिलो खण्डमा अनुसन्धानमूलक र दोस्रो खण्डमा अनुभवमूलक निबन्ध दिइएका छन् । उहाँका निबन्धहरू दुई शब्ददेखि पाँच शब्दसम्मको शीर्षकमा छन् । निबन्ध विश्लेषणात्मक भएका कारण केही लामा छन् तर जीवन जगत र आफ्नो विचार, खोज, अनुभूति तथा अनुभव व्यक्त गर्न आफ्ना निबन्धहरूका माध्यमबाट उहाँ सफल बन्नुभएको छ । पुस्तकको अन्त्यमा प्रा.डा.कृष्णचन्द्र शर्माको यस कृतिमाथिको निकै लामो समीक्षात्मक लेख राखिएको छ । यसपछि लेखकको आभारका केही शब्द ‘तमसोमा ज्योतिर्गमय’ रहेको छ र अन्त्यमा सन्दर्भ सामग्री दिइएको छ ।
समग्रमा भन्दा लेखकका व्यक्तिगत अनुभूति र अनुभवका साथै अनेकौं विषयका विविधतामय निबन्धात्मक रचना समेटिएकाले पुस्तक पठनीय बन्नपुगेको छ । आफ्ना केही कृतिका माझ अर्को एउटा महत्वपूर्ण कृति लिएर आउन सफल बन्नुभएकोमा लेखक गौतमलाई बधाई र साथै कृतिको सफलताको कामना । यसका साथै उहाँबाट यस्तै अन्य कृति पनि आइरहून् उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच