इतिहास, संस्कृति र राजनीतिका पनि ज्ञाता साहित्यिक अभियन्ता हाल कीर्तिशेष मित्र जीवनचन्द्र कोइरालाले नेपाली आकाशमा उदाएका धेरै स्वनामधन्य व्यक्तिहरूका स्मृतिग्रन्थहरू तयार गर्नुभयो, सम्पादन र प्रकाशन गर्नुभयो । कोबिड २०१९ को महामारीले उहाँलाई हामीबाट छुटायो । खासगरी सम्पादनको क्षेत्रमा विशिष्ट योगदान गरेर उहाँ असमयमै जानुभयो । यति धेरै व्यक्तिहरूलाई अमर बनाउने उहाँका विषयमा स्मृतिग्रन्थ तयार हुनैपर्ने हो के कसो भएको छ ? परिवार वा शुभेच्छुकहरूबाट जानकारी आइसकेको छैन । म अहिले उहाँका निकटतम मित्र साहित्यकार एवम् साहित्यिक अभियन्ता हरि मञ्जुश्रीजीलाई सम्झिरहेको छु ।
हुन त सुशीला आमा लाभहानिको चिन्तनबाट मुक्त हुनुहुन्थ्यो तापनि उहाँ र उहाँका प्रति के कति न्याय हुन सक्यो भन्ने कुरा पनि विचारणीय नै रहला । इतिहासले न्याय गर्न नसकेकी र हामी धेरैले पढ्न छुटाएकी सुशीला आमाको सङ्घर्षमय जीवनले सिकाएका धेरै पक्षहरू रहेका छन् जुन कुराको जानकारी यस ग्रन्थको अध्ययनबाट प्राप्त हुनेछ ।
साहित्यकार एवम् राजनेता बीपी कोइरालाकी सहधर्मिणी, नेपालको नारी आन्दोलनकी प्रेरणा श्रद्धेय सुशीला आमाको स्मृतिग्रन्थ पनि जीवनचन्द्र कोइरालाको पहलमा उहाँकै सम्पादनमा तयार भएको हो । यसमा बीपीकी सहधर्मिणी सुशीला कोइरालासँग सम्बन्धित भएर लेखिएका चौसठ्ठीवटा संस्मरण, अन्तर्वार्ता र जीवनीसँग सम्बन्धित लेख समाविष्ट छन् । यी स्मृति लेखहरूबाट निर्धारण गरिएकी सुशीला आमाको स्मृतिमा तयार भएको स्मृतिग्रन्थले उहाँको जीवनी र व्यक्तित्वका के कति पक्ष समेट्न सके भन्ने कुरा पनि महत्वपूर्ण रहला तर त्यसभन्दा बढी योग्रन्थ आस्थाको अभिव्यक्ति हो भन्ने लागेको छ ।
नेपाली राजनीतिमा नेतापत्नीहरूका नाम र भूमिकाहरूका बारेमा त्यति राम्रा प्रतिक्रियाहरू आउने गरेको पाइँदैन तर बीपी पत्नी सुशीला अरू धेरै नेतापत्नीहरूभन्दा फरक रहेको कुरा पनि इतिहासमा पढ्न पाइन्छ । आफ्नो पतिलाई मन्त्री वा प्रधानमन्त्री बन्न उक्साउने र आफू पनि त्यही रबाफमा बस्न रुचाउनेहरूका बीचमा बीपी पत्नी सुशीलाका विचार धेरै फरक छन् । ती विचारहरू नेपाली राजनीतिमा प्रेरणाका विषय बनून् भन्ने हाम्रो चाहना छ ।
सुशीला आमा, सुशीला भाउजू वा सुशीला कोइराला यी धेरै नामसँग जोडिएकी सुशीला, नाम जस्तै व्यवहार र कर्मकी पनि पहिचान हुनुहुँदोरहेछ भन्ने कुरा उहाँबारे भनिएका, लेखिएका कुराहरू, उहाँ स्वयम्ले लेखेका लेखहरू र उहाँका सारगर्भित अन्तर्वार्ताहरूको अध्ययनबाट प्राप्त गर्न सकिन्छ । सुशीला आमाका व्यक्तित्वका आयामहरूबारे सङ्क्षेपमा भनिएका कुराहरू उहाँ र उहाँको व्यक्तित्वलाई चिनाउने आधारपत्रहरू हुन् । ग्रन्थको अध्ययनपछि उहाँप्रति प्रकट हुने आस्थाभाव र उहाँले आफ्नो जीवनमा आदर्श मानेर व्यवहारमा उतारेका किञ्चित मात्रै कुराहरूलाई पनि आफ्नो जीवनमा रूपान्तरण गर्नेतर्फको प्रयत्नमा लाग्न सकेको खण्डमा हाम्रा औपचारिकता सार्थक हुनेछन् ।
अन्यथा त्यही हुनेछ जुन हाम्रा आजसम्मका औपचारिक कार्यक्रममा हुने गरेको छ । नियम, निष्ठा, आदर्श, नारी पहिचान र अस्तित्वको यात्राकी सशक्त पहिचान सुशीला आमाको जीवनयात्राले निर्धारण गरेको बाटो आजका हामीहरूलाई कत्तिको सहज हुनेछ वा दुष्कर रहनेछ भन्ने बुझ्न स्मृतिग्रन्थमा अभिव्यक्त विचार आधार बनेका छन् । सुशीला आमाबारे उहाँको पारिवारिक सम्बन्धका व्यक्तिहरू, सामाजिक राजनीतिक सम्बन्धका व्यक्तिहरू, उहाँका पति नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी, हामी सबैका आदर्श पुरुष, बीपी कोइरालाले व्यक्त गर्नुभएका विचारहरू मेरो स्मृतिमा सुशीला कोइराला र सुशीला आमाले पति बीपी कोइरालाबारे व्यक्त गरेका मेरो स्मृतिमा सान्दाजु भन्ने लेख र अन्य विभिन्न विषयमा व्यक्त गरेका धारणाहरू यस स्मृतिग्रन्थका महत्वपूर्ण प्राप्ति हुन् ।
हुन त सुशीला आमा लाभहानिको चिन्तनबाट मुक्त हुनुहुन्थ्यो तापनि उहाँ र उहाँका प्रति के कति न्याय हुन सक्यो भन्ने कुरा पनि विचारणीय नै रहला । इतिहासले न्याय गर्न नसकेकी र हामी धेरैले पढ्न छुटाएकी सुशीला आमाको सङ्घर्षमय जीवनले सिकाएका धेरै पक्षहरू रहेका छन् जुन कुराको जानकारी यस ग्रन्थको अध्ययनबाट प्राप्त हुनेछ । तेह्र वर्षको बाल्यकालमा बीपी कोइरालाकी जीवनसँगिनी बनेर सुशीला आमाले प्राप्त गरेका उपलब्धि र गुमाएको समयसँग जोडिएका अनमोल आकाङ्क्षाहरूको आज हामीले हिसाब किताब राखेर के पुग्ला र ?
उहाँको महाविश्रामसँगै हामीले न्याय गर्न नसकेका केही मुद्दाहरू इतिहासको अदालतबाट हाम्रो पक्ष र विपक्षमा स्थानान्तरण भएका छन् तिनको पैmसला अबको समयले हाम्रो पक्षमा सुनाओस् भन्ने हाम्रो चाहना हो भने सुशीला आमा र बीपीको वैवाहिक जीवनका कठोर र कोमल दुवै अवस्थाका घटनाबाट हामीले पनि महत्वपूर्ण शिक्षा लिनै पर्छ भन्ने लाग्दछ ।
केही पाउनु र धेरै गुमाउनु जीवनको यथार्थ भए पनि गुमेकोमा पीडाबोध गर्नुभन्दा प्राप्तिको सन्तोषमा जीवनलाई अझ सार्थक पार्नेतर्पm अभिप्रेरित हुनुको नाम सुशीला आमा हो भन्दा अतिशयोक्ति हुने छैन । आजको नेपाली काङ्ग्रेसलाई बीपी र सुशीला आमाको त्यागपूर्ण वैवाहिक जीवनको कष्टमय कहानी निश्चय पनि सान्दर्भिक हुनेछ । तापनि जीवनभरिको दुःखमय यात्रामा फुसले छाएको भए पनि अतिथि सत्कार गर्ने एउटा आफ्नै घर होस् भनी बीपीसँग एउटै थोक घर माग्ने सुशीला आमा र त्यही माग पनि पूरा गर्न नसकी जीवनको अन्त्यकालमा तिमीले मागेको एउटा घरसम्म दिन पैसा जुटाउन सकिन मेरो अवसान पछि दुःख पाउने हौ कि ?
तर, मैले नाम र इज्जत कमाउन पाएको सफलताको श्रेय तिमीलाई जान्छ । तिम्रो सहयोग नपाएको भए म यति सफल हुन सक्दिनथेँ कि ? तिमी जस्ती दुलही पाएर नै मैले यस्तो ठूलो काम गर्न सकेँ भनी बीपीले विस्मात् गर्दा सारा संसार नै आफ्नो काखमा खुशी बनेर वर्षेको अनुभव गरी, जीवनका तमाम कष्टहरूलाई बिर्सेर जीवनलाई सार्थक भएको ठान्ने सुशीला आमा र बीपीको जीवनले दिएको शिक्षा के आजका हामी नेता कार्यकर्ताले ग्रहण गर्न सकेका छौं त ? भन्ने यक्ष प्रश्न आजको दिनमा झन् टड्कारो भएर आएको छ ।
विदेश भ्रमण र भोग विलाशको रहर मनमा चढे पतिलाई जस्तोसुकै सम्झौता गरेर भए पनि सत्तामा जान र आफ्ना फर्मायसको आनन्द दिलाउन प्रेरित गर्ने आजका हाम्रा नेता पत्नीहरूलाई सुशीला आमाले म कम गएँ विदेश भ्रमणमा-सुवर्णजीले चीन चाहिँ जसरी पनि जानुपर्छ भन्नुभएकाले र प्रधानमन्त्रीको चीन भ्रमणमा तपाइँ पनि सँगसँगै रहनुभयो भने देशको इज्जत हुन्छ भनी राजा महेन्द्रले भनेकैले मात्र विदेश भ्रमणमा गएको अन्यथा मेरो ठाउँमा देशको अर्को महत्वपूर्ण मान्छे जानु उपयुक्त हुन्छ भन्ने ठानेर भ्रमण रद्द गर्ने सुशीला आमाको अभिव्यक्ति कत्तिको मन पर्ला म भन्न सक्दिनँ र श्रीमतीको इच्छालाई सर्वोपरि ठानेर सम्झौतामा उत्रिने श्रीमान्हरूको आजको आफ्नो दृष्टिकोण के होला त्यो पनि म भन्न सक्दिन ।
असल पतिकी पत्नी भएर सुशीला आमाले आफ्नो जीवनका कतिपय कट्मिरा अनुभूतिलाई बिर्सेर जीवनलाई सार्थक तुल्याए जस्तै केही प्राप्ति र धेरै अप्राप्तिको आफ्नो सङ्घर्षमय जीवनमा सुशीला जस्ती पत्नी पाएर बीपीले पनि जीवनमा सन्तोषको अनुभूति गर्नुभएको छ ।
आजका नेता र नेता पत्नीहरूका लहडबाट उम्किन नसकुन्जेल बीपीको सङ्घर्षमय जीवन र सुशीला आमाको त्याग र निष्ठाको आदर्शप्रति हामीले न्याय गर्न नसकेको नै ठहरिनेछ भन्नुपर्दा मलाई निश्चय सङ्कोच लागिरहेको छ । सुशीला आमाका आफ्ना केही पहिचानका पक्ष थिए जसलाई उहाँले विभिन्न अन्तर्वार्ताहरूमा प्रकट गर्नुभएको छ । ती यस ग्रन्थमा समेटिएका छन्-
-घरमा सबै जेल जान्थे, म पनि राजनीति गर्दै हिँडेकी भए घर कसले सम्हाल्थ्यो । बीपीको विचलित कार्यकर्तालाई कसले आत्मविश्वासको झिल्को दिन्थ्यो । पृ.२३९
- काम भनेको पूजाझैँ स्वच्छ भावनाले समर्पित भएर गर्नुपर्दछ । पृ. २४०
- नैतिकता र त्याग गर्ने भावना सबैभन्दा ठुलो शिक्षा हो । पृ.२४०
- आर्ट भनेको पूजा हो । पृ.२४२
- देशलाई नै घर सम्झेर हिँडेका बीपी र उनका सहकर्मीहरूको विचार र धैर्य देख्दा आपूmलाई स्वार्थी देख्थेँ, आत्मग्लानि हुन्थ्यो । पृ.२४२
- परिवारका सबै सदस्य जेलमा हुन्थे, घरमा खानेकुरा केही हुँदैनथ्यो । पृ.२४३
- म आफूलाई निष्क्रिय ठान्दिन । मेरो मन, वचन र कार्य सबै प्रजातन्त्रप्रति छ । पृ.२४५
- दर्शन विषय केही अध्ययन गर्छु । धार्मिक कथा र पुराणमा त्यति रूचि राख्दिन । पृ.२४५
- ईश्वरीय सत्ता छ, म नास्तिक छैन तर मन्दिरमा गएर पूजा पाठ गरेर, पण्डित, पुरोहित लगाएर होइन आफ्नै विश्वासका रूपलाई विशेषतः शिवजीलाई मान्छु । पृ.२४६
-म जहिले पनि राजनीतिको व्याकग्राउन्डमा छु । पृ.२४८
- मेरो व्यक्तिगत रुचिभन्दा बीपीको यात्रा धेरै ठूलो थियो । पृ.२५०
- म गान्धीवादी विचारबाट प्रभावित छु । पृ.२५०
- बीपीसँग मेरो धेरै सङ्गत नै हुन पाएन, मैले बीपीलाई केही गर्न सकिनँ । पृ.२५१
- देश र जनताका लागि मेरा श्रीमान्को जीवन नै चाहिने रहेछ भनेँ मैले त्यसमा पीर गर्नु हुँदैन जस्तो लाग्थ्यो । पृ.२५
- पिताजी महान् हुनुहुन्थ्यो ।
- असल मानिस बन्ने बीपीको प्रेरणा मिलोस् ।
- बीपी कहिल्यै निराश हुनु भएन ।
- प्रधानमन्त्रीको पदभन्दा पार्टी सञ्चालनको उत्तरदायित्व ठूलो हो ।
- मैले उहाँसँगको त्यति लामो वैवाहिक जीवनकालमा ज्बचमथि एक वर्षमात्र सँगै बिताएकी हुँली । पृ.२२८
- गणेशमानजीको र हाम्रो सम्बन्ध एउटै घरको जस्तो थियो ।
सुशीला आमाले आफ्नो बाल्यकाल, कोइराला परिवारमा प्रवेश, पिताजी (कृष्णप्रसाद), माताजी (दिव्या) सँगको गरिमामय सम्बन्ध, बीपी सँगको सम्बन्धबाट पाएका उपलब्धिहरूको मात्र वर्णन गर्नुभएको छैन जीवनभर आर्थिक अभाव, मानसिक तनाव र पारिवारिक दायित्वबोधले थिल्थिलिएको अवस्थामा रोग, भोग र शोकका घडीहरूमा धैर्य धारण गर्न परेको कठिनाइ र कुनै महान् अभियानको अभियन्ताले सस्याना बाधा अल्झनहरूमा आफूलाई हतास पार्नु हुँदैन भन्ने अन्तःप्रेरणाले जीवनका कठिन क्षणहरूलाई पनि महान् उपलब्धिको विश्वासमा सहन गर्नु परेका कटु यथार्थलाई पनि आफ्नो अभिव्यक्ति बनाउनु भएको छ ।
र, तीभन्दा धेरै बढी अव्यक्त कुराहरूको बोझ मनमा सायद पालिरहनु भयो जसलाई समाजका कुरा बनाउन आवश्यक ठान्नु भएन । सुशीला आमाले राजनीति गर्नु भएन तर एउटा महान् राजनीतिज्ञकी सहधर्मिणी भएर सधैं राजनीतिको मर्म बुझिरहनुभयो । कला साधक, साहित्यकी सुयोग्य पाठक र कुशल गृहिणी, बीपीको जीवनको सफलताकी आधार सुशीला आमा रहनुभएको कुरा बीपीले आफ्ना अभिव्यक्तिमा व्यक्त गर्नु भएको छ । पुरुषको सफलतामा असल महिला र असल महिलाको सफलतामा असल पुरुषको योगदान महत्वपूर्ण रहन्छ भन्ने मान्यता र नारीको आन्तरिक परिपूरक प्रतिमा पुरुष र पुरुषको आन्तरिक परिपूरक प्रतिमा नारी हो भन्ने आधुनिक मनोवैज्ञानिक मान्यता बीपी र सुशीला आमाको सन्दर्भमा पनि चरितार्थ हुन्छ ।
असल पतिकी पत्नी भएर सुशीला आमाले आफ्नो जीवनका कतिपय कट्मिरा अनुभूतिलाई बिर्सेर जीवनलाई सार्थक तुल्याए जस्तै केही प्राप्ति र धेरै अप्राप्तिको आफ्नो सङ्घर्षमय जीवनमा सुशीला जस्ती पत्नी पाएर बीपीले पनि जीवनमा सन्तोषको अनुभूति गर्नुभएको छ । जीवनका तीतामीठा क्षणमा सुखदुःखका साक्षी बन्नुभएका बीपी र सुशीला आमाको जीवनका यिनै आदर्शहरूले गर्दा नै सम्भवतः उहाँहरू महान् र हामी सबैका प्रेरणा पुरुष बन्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच