काठमाडौं । नेपाल मध्यस्थता परिषद् (नेप्का) का सूचीकृत मध्यस्थहरूलाई प्रमाणपत्र वितरण तथा संस्थाको प्रतीक अनावरण कार्यक्रम सम्पन्न भएको छ । नेप्काका सभापति डा. राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा नेप्काका पूर्वअध्यक्ष नारायणदत्त शर्मा, सूर्यनाथ उपाध्याय तथा निवर्तमान अध्यक्ष नवराज भट्टराईको उपस्थिति रहेको थियो ।
नेप्काका महासचिव बाबुराम दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका पूर्वसभापतिहरूले सूचीकृत मध्यस्थकर्तालाई प्रमाणपत्र संस्थाको प्रतीक चिहृन प्रदान गर्नुभएको थियो । पूर्वसभापति शर्माले संस्था स्थापनाकालको अवस्था स्मरण गर्दै मध्यस्थताका धेरै समस्या र चुनौती रहेका बताउनुभयो भने पूर्वसभापति तथा अख्तियार अनुसन्धान दुरूपयोग आयोगका पूर्वआयुक्त उपाध्यायले मध्यस्थता विकासको मूल अवधारणा, मध्यस्थकर्ताको इमान्दारिता र सो विषय अनुसन्धान, अध्ययनबाट प्राप्त हुने र सोही कुराले संस्थाको गरिमा उच्च हुने बताउनुभयो । संस्थापक सभापति डा. राजेन्द्रप्रसाद अधिकारीले संस्था पुरानो र नयाँ पुस्ताबीचको अन्तरंग भेटघाटको महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच