व्यक्तिवादी बने मान्छे, प्रेम भो कामवासना
मनोरञ्जन भो युुद्ध यन्त्र भो सब साधना ।।
मनुुष्य अब बन्दैछ विस्तारै यन्त्रमानव
मन्त्र हे ! शततन्त्रीका तारमा मन्त्रमानव ।।
यी पङ्क्ति राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाकाव्य ऋतम्भराका हुन् । आज यही अवस्था आएको छ विश्वको राजनीतिमा । हामी यही राजनीतिको मारमा भासिएका छौँ । कसले उतार्ने हो हामीलाई पत्तो लागेको छैन अझै ! युुद्ध आफैँमा सबै होइन । युुद्ध आफैँमा सबै पनि हो । प्राचीन भारतको इतिहासलाई र हाम्रा महाभारत तथा रामायणलाई पल्टाएर हेर्ने हो भने युुद्धनीति नै तत्कालीन समयको बलवान् अस्त्र थियो । एक अर्काका बीचमा युुद्ध गरेर राज्य हत्याउने परम्पराको पुुष्ट उदाहरण तत्कालीन समयका ग्रन्थ, पुराणमा पाउने गरिन्छ ।
त्यसैले युुद्धनीति एक राज्यका विभिन्न जातजातिमा हुने होइन । युुद्ध त एक अर्का देशका बीचमा हुने नीति हो । यही नीतिमा अडेको थियो तत्कालीन भारतवर्ष । पुराणमा वर्णन गरिए अनुुसारको युुद्धमा देवासुुर सङ्ग्रामलाई सबैभन्दा ठूलो युुद्ध मानिएको थियो । राम र रावणका बीचमा भएको युुद्ध पनि तत्कालीन समयको सबल युुद्ध थियो । देवताको राज्य कब्जा गर्ने उद्देश्यले लिइने तत्कालीन युुद्धनीतिको वर्णन त्यस बेलाका ग्रन्थहरूमा पाउने गरिन्छ ।
देवासुुर सङ्ग्राम, राम रावणको युुद्धपछि देखिएको शक्तिशाली युुद्ध महाभारतको युद्ध थियो । यी सबै युुद्ध तत्कालीन समयका धर्मयुुद्ध मानिएका थिए । दानव र देवताका बीचमा भएका विभिन्न युुद्धहरू न्याय र अन्यायका बीचका युुद्ध थिए । तत्कालीन समयमा भएका ती युुुद्धले त्यस समयको सामाजिक मात्र होइन राजनीतिक अवस्थालाई पनि बोकेका छन् । राजनीतिमा देखापरेका अस्वस्थतालाई चिरेर स्वस्थ राजनीतिको कल्पना त्यो बेलाको युद्धनीतिको एउटा पहिचान थियो ।
विश्व हातहतियारले सम्पन्न मानिएको छ । हातहतियार र साधनस्रोत सम्पन्न हामी युद्धलाई आनन्दको साधन मानेका छौं । युद्ध आजको विश्वका लागि सनकको विषय बनेको छ । विभिन्न प्रकारका हतियार लिएर जल, स्थल र आकाशबाट लडिने युुद्धले मानवतालाई थिलोथिलो बनाएको छ ।
यी सबै युुद्धमा सत्य, न्याय तथा देवत्वको जित भएको छ । अन्याय, अत्याचार हारेका छन् । हराउनु त्यस समयको नियतिमात्र होइन । गलतबाटो अख्तियार गरेपछि सबै कुरामा हारिन्छ भन्ने प्रमाण हो । यही प्रमाणको धरातलामा उभिएका छन् तत्कालीन समयका नीति र नीतिले गर्ने अख्तियारीका अवस्थाहरू पनि । कूूटनीति एक अर्का राज्यका बीचमा सम्बन्ध स्थापित गर्ने र सम्बन्धलाई सुुदृढ बनाउने उद्देश्यले स्थापित मान्यता हो । यो मान्यतामा आजको उन्नत विश्व र शक्तिशाली संसार टिकेको छ ।
दुुर्योधनको कूूटनीति
महाभारतको युद्धमा देखिएको दुुर्योधनको कूूटनीति तत्कालीन समयको असल कूटनीतिको नमुना मानिएको छ । मद्र देशका राजा शल्य युुधिष्ठिरका मामा थिए । युुद्धमा भाञ्जालाई सहयोग गर्न उनी अक्षैहिणी सेनासहित अघि बढे । यो कुरा दुुर्र्येधनले जानकारी पाएपछि उनको वासस्थान पर्ने स्थानमा अनेक प्रकारका सुुखसुुविधाको चाङ लगाए । धर्मका अवतार युुधिष्ठिरको सत्कार होला भन्ने उनलाई लागेको थियो । यो सबै मार्गको व्यवस्था दुुर्योधनको थियो । भव्य सभाभवन, रहनसहनको उचित व्यवस्था र सेवासुश्रुुसाले प्रशन्न भएर शल्य भन्छन् :
युुधिष्ठिरस्य पुुरुषाःकेद्रत्र चक्रुुः सभा इमाः
आनीयन्ता सभाकाराः प्रदेयार्हा हि मे मताः ।।
युुधिष्ठिरका कुुुन मानिसहरूले यो भव्य सभाभवन र मेरो सत्कार गरेका हुन् तिनीहरूलाई मेरो अघि उपस्थित गर । मैले पाएको स्वागत यो आतिथ्यले जुुन किसिमको अवस्था पाएँ त्यसका लागि म सबैलाई पुुरस्कृत गर्छु भन्ने शल्याको सन्देश दुुर्योधनसम्म पुुग्यो । दूतहरूको सहयोगबाट उनले खवर थाहा पाए र शल्यको अघि उपस्थित हुँदै भने :
सम्प्रर्हष्टो यदा शल्यो दिदित्सुुरपि जीवितम्
गूूढो दुुर्याधनस्तत्र दर्शयामास मातुलम् ।।
तं दृष्ट्वा मद्रराजश्च ज्ञात्वा यत्नं च तस्य तम्
परिष्वज्याब्रवीत् प्रीत ईष्टोद्रर्थो गृहृयतामिति ।।
मद्रदेशका राजा शल्य यो आतिथ्यका लागि प्राणसम्म दिन तयार भए । यो सबै व्यवस्था दुुर्योधनले गरेका थिए । दुुर्योधन शल्यका अघि उपस्थित भए । शल्यले दुुर्योधनलाई आफ्नो इच्छा लागेको कुरा माग्न आग्रह गरे । यो दुुर्याधनमा देखापरेको कूूटनीति हो वा युुद्धनीति हो । बुुझ्नलाई कठिन छ । युुद्धको समयमा यो काम भएकाले यसलाई युद्धनीति मान्न सकिने आधार पनि छन् । एउटालाई सहयोग गर्न आएको व्यक्ति अर्काको सेनालाई सहयोग गर्न तयार गर्नुलाई कूूटनीति पनि मान्न सकिन्छ । दुुर्योधनको यो रूपलाई के भन्ने सबै अवस्थाको विश्लेषण गर्ने आधार हामीमा विद्यमान् हुनुु आवश्यक मानिएको छ । दुुर्योधनको गतिलो स्वागत तथा सत्कार चाखेका शल्यलाई सम्बोधन गर्दै दुुर्योधन भन्छन् :
सत्यवाग् भव कल्याण वरो वै मम दीयताम्
सर्वसेनाप्रणेता वै भवान् भवितुुमर्हति ।
हे कल्याणस्वरूप महानुुभाव ! सत्य भन्नुुभयो । हजुरले मलाई अवस्य पनि वर दिनुहोस् । युद्धमा मेरो तर्फबाट सेनाको अधिनायक बनेर युुद्धमा समाहित हुनुुहोस् । यसलाई दुुर्योधनको असल कूटनीति, युुद्धनीति वा राज्यनीति के भन्नु ! अचम्मको भाव हो यो । राजनीतिमा यी सबै कुरा सभ्य र सत्यको अवस्था पनि हो । यही अवस्थाका कारण शल्यको नीतिले यहाँ काम गर्न सकेन । युुधिष्ठिरलाई सहयोग गर्न आएका मद्रदेशका राजा आज आएर दुुर्योधनको सेनामा सामेल हुने अवस्था सिर्जना दुुर्योधनले गरेको देखियो । शल्य चेपुुवामा परेका हुन् वा उनले आफूप्रति गरेको व्यवहारले प्रशन्न बनेका हुन् यो बुुझ्नुुपर्ने अवस्थाको विषय हो । यो दुुर्योधनको आग्रहलाई मनन गरेर शल्य भन्छन् :
एवमेतन्महाराज यथा वदसि पार्थिव
एवं ददामि ते प्रीत एवमेतद् भविष्यति ।।
हे भूपाल ! तिमीले जे भन्यौ मलाई स्वीकार्य छ । म तिम्रो सेनाको अधिनायक बन्नेछुु । यो शल्यको भनौँ अथवा मद्रदेशका नरेश नकुल र सहदेवका मामाको अभिव्यक्ति हो । युुद्ध यही हो आफ्ना मात्र नभएर शत्रुुपक्षका शक्तिशाली व्यक्तिलाई पनि आफ्नो सेनामा समावेश गर्न सकियोस् । यसलाई युुद्धको चतुुरनीतिभन्दा पनि अनुुपयुुक्त हुुुँदैन होला ?
आजको युुद्ध
आजको विश्व हातहतियारले सम्पन्न मानिएको छ । हातहतियार र साधनस्रोत सम्पन्न हामी युद्धलाई आनन्दको साधन मानेका छौँ । युद्ध आजको विश्वका लागि सनकको विषय बनेको छ । विभिन्न प्रकारका हतियार लिएर जल, स्थल र आकाशबाट लडिने युुद्धले मानवतालाई थिलोथिलो बनाएको छ । युद्धको यो कहालीलाग्दो अवस्थामा जो मरे पनि मानिस नै मरेको छ । मानिसको बाँच्न पाउने अधिकार क्षतविक्षत भएको छ । विश्वमा प्रत्यक्ष चलिरहेका युुक्रेन तथा रसिया, इजरायल तथा हमासका बीच भएको युुद्धको जिम्मेवारी लिन कतै कोही पनि तयार देखिएको छैन । युुद्धलाई सबै आफू चोखो रहेको अर्को दोषी रहेको जिक्र विश्वसामुु पस्किरहेका छन् युुद्धका महारथीहरू । यी दुुबै युुद्ध शासकको सनकका भरमा आरम्भ गरिएका युुद्ध हुन् ।
यी दुुबै युुद्धमा हजारौँको सङ्ख्यामा मानिस मरिरहेका छन् । युद्धमा होमिएको सिपाही मर्नुु र सिपाहीले अरूलाई मार्नुु युुद्धको नैतिक मर्यादा पनि हो । तर, यी दुुवै युुद्धमा आमनागरिकले ज्यान गुमाएका छन् । त्यसको जिम्मेवारी कसले लिने ? युुद्धमा लागेको देश एक अर्काप्रति दोष थोपरेर उम्किरहेका छन् किन ? यी दुुबै युद्धलाई रोक्न सक्ने क्षमता भएको नेता वा देश देखिएको छैन । नेपाली समेत रसिया र युुक्रेनी सेनामा रहेको जानकारी सरकार गराइरहेको छ । गन्तव्य र श्रम स्वीकृत नभएको देशमा कसरी नेपाली सेनामा भर्ती भयो । त्यहाँ चलिरहेको युुद्धमा नेपाली रहनुु र नेपालीसमेत मृत्युुका मुुखमा होमिनुुलाई हामी र हाम्रो राजनीतिको सबलता मान्ने वा कमजोरी यो कूूटनीतिको विषय बनेर आएको देखिन्छ ।
हामी नेपाली बहादुुर छौँ । राष्ट्रप्रेम र देशभक्ति हाम्रो नसानसामा बगेको छ । हाम्रा पुर्खाहरूले देखाएको बाटोमा हामी अनवरत सक्रिय पनि छौँ । देशको राजनीतिले धेरै कोल्टे फेरिसकेको पनि छ तर आज पनि नेपाली आफ्नो देशका लागिभन्दा अरुका लागि लड्न किन बाध्य छ । किन मजबूर छ अरू देशका लागि प्राणको आहुुती दिन सोच्ने बेला आएन र ? लर्को लागेर विदेशिने नेपालीको चाहना के हो ? अर्काको देशको सेनामा भर्ती भएर मृत्युुपाउने हाम्रो देशका युुवकको अभिलाषा के हो ? गणतन्त्रपछि भएको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात आदिमा भएको विकासलाई हाम्रो देशका शासक र नेताले मुुक्त कण्ठले प्रशंसा गरेको देखिन्छ । हो ! विकास नभएको पनि होइन भएको छ । युुवा देशमा किन रोकिएन ?
अध्ययन गर्ने अभिलाषा बोकेको तरुणले देशको शिक्षानीतिलाई किन स्वीकार गरेन ? उच्चपदस्थ अधिकारीका छोराछोरी किन बाहिरी देशको नागरिक हुन चाहन्छ ? देशको आर्थिक र सामाजिक नीतिलाई दोष दिएर पन्छिने अवस्था राजनीतिकर्मीको हुन सक्दैन । हामी व्यक्तिवादी किन बन्यौँ । हामी र हाम्रो राजनीति स्वार्थी बन्यो । म र मेरामा गएर राजनीति अडियो । किन यस्तो भयो । हामी आज चुक्यौँ युद्ध तथा कूटनीतिमा । अब सुुधार गरौँ र देशको उन्नति तथा प्रगतिमा लागौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच