जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ ले आयोजना गरेको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २० वटा स्वर्ण पदक सहित यहाँको हिमा गाउँपालिका प्रथम भएको छ । प्रतियोगितामा जिल्लाका आठवटा स्थानीय तहमध्ये पातारासी र गुठिचौर बाहेक अरु ६ पालिकाले सहभागी जनाएका थिए ।
उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमाले विभिन्न विद्याका खेलतर्फ २० वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो । हिमाले करातेतर्फ १२ वटा,१५ सय मिटर दौडमा छात्रा/छात्रतर्फ २ वटा,३ हजार मिटर दौड छात्रतर्फ १ वटा,हाईजम,लम्जम र त्रिपलम्जमतर्फ १÷१ सहित जम्मा २० वटा स्वर्ण पदक जितेको हिमा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमख दन्तराज रावतले बताउनुभयो ।
चन्दननाथ नगरपालिकाले १२ वटा स्वर्ण पदक सहित दोस्रो स्थान भएको आयोजकले जनाएको छ । तेकान्दो र उस्सु तर्फको खेलमा आयोजकले नम्बर नदिने निर्णण गरेपछि चन्दननाथ नगरपालिका पुरस्कार समेत लिएन । सिंजाले लम्जम छात्रातर्फ १ वटा,दुई सय मिटर दौड छात्रातर्फ १ वटा गरी दुई वटा स्वर्ण पदक जितेको सिंजा गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीको भनाइ छ । सिंजाले २ सय दुई मिटर दौड छात्रतर्फ १ वटा,एक सय मिटर दौड छात्रा तर्फ १,त्रिपलम्जम छात्रा तर्फ १ गरी जम्मा ३ वटा रजत र २ वटा हाँस्य पद सहित तेस्रो स्थान भएको सिंजा गाउँपालिका खेल प्रशिक्षक खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा छात्रा भलिबलको बिजेता बनेको कनकासुन्दरी गाउँपालिका प्रतियोगिताको चौथो भएको छ । छात्रतर्फको भलिबल बिजेता बनेको तिला गाउँपालिका प्रतियोगितामा पाँचौ स्थान हुन सफल भएको छ । आयोजक पालिका तातोपानी गाउँपालिकाले कुनै खेलमा प्रथम स्थान हासिल गर्न सकेन ।
प्रतियोगितामा प्रथम,द्धितीय,तृतिय हुने पालिकाहरुलाई शिल्ड,प्रमाणपत्र,मेडल, लगायतका पुरस्कार पाएकाछन् । १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरी शान्त र मर्यादित रुपमा सम्पन्न गर्न तातोपानी गाउँपालिका सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो । वडाध्यक्ष विशाल खड्काले प्रतियोगिता सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सरोकारवाला निकायलाई धन्यबाद दिनुभयो । आगामी वर्ष १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमा गाउँपालिकाले आयोजना गर्न भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच