भोजपुर । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्य पहाडी लोकमार्ग अन्तर्गतका सडकहरुको अनुगमन गर्नु भएको छ । राज्यमन्त्री चपाईले मध्य पहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नु भएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतका सडकसँगै मन्त्रालय अन्तर्गत निर्माण हुँदै आएका संरचानाहरुको समेत अनुगमन गरिएको राज्यमन्त्री चपाईले बताउनुभयो । प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउन लक्ष्यका साथ अनुगमन गरिएको उहाँ भनाई रहेको छ । सडकको अवस्था र आगामी दिनमा गर्नु पर्ने कामका बिषयमा स्थलगत अनुगमन भएको हो ।
अनुगमनका क्रममा समस्याहरु समेत पहिचान भएको र देखिएका समस्याहरु समाधानका लागि आफनो तर्फबाट समेत पहल हुने उहाँले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत विभिन्न सडक खण्डसँगै राज्यमन्त्री चपाईले दिक्तेल–चखेवा, चखेवा–भोजपुर, भोजपुर–लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला–किमाथांका सडक खण्डको अवलोकन गर्नु हुनेछ ।
मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गमा देखिएका समस्याहरुको पहिचान र भईरहेका कामको बारेमा मन्त्रालयलाई जानकारी दिने उद्धेश्यले स्थगत अनुगमन गरिएकको बताउँदै सडक डिभिजन कार्यालय संखुवासभा तुम्लिङटारका प्रमुख शुभाञ्जन दाहालले राज्यमन्त्रीको उपस्थिथिमा भएको अनुगमनले काममा थप सहजता हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच