सडकमै दूध पोखेर बर्दघाटनका किसानले गरे सरकारको बिरोध

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीका बर्दघाटका किसानले दूधको उचित मूल्य नपाएको भन्दै सडकमै दूध पोखेर बिराेध जनाएका छन् ।

दूध बिक्री नभएपछि दूध सडकमा पोख्नु पर्ने बाध्यता आएको बर्दघाट १० का किसान रुद्रबहादुर कार्कीले बताउनु भयो । 'हामीले उत्पादन गरेको दुधको बिक्री भएको छैन । सरकारले कुनै पनि चासो दिएको छैन ।' कार्कीले गुनासो गर्दै भन्नुभयो । सरकारले किसानलाई बिचल्ली बनाएको बताउँदै उहाँले भन्नुभयाे, ' सरकारलेअब किसानलाई गाइ भैैसी बेचेर बिदेश जाने बध्यातामा पारेको छ । त्याे बाहेक अर्काे विकल्प छैन । '

किसानहरुले दूधको उचित मुल्य नपाएपछि संघर्ष समिति नै बनाएका छन् । संघर्ष समिति अध्यक्ष देबिलाल काफ्लेले सरकार किसानको समस्यामा गम्भीर नभएको गुनासाे गर्नुभयाे । ' नेपाली किसानको दूध नबिकिरहेको समयमा सरकारले भारतबाट करिब डेड खर्ब रुपैयाँको दुग्ध जन्य पदार्थ किनेको छ । नेपाली किसानको दुग्ध जन्य पदार्थ नबिक्दा बिदेशबाट किन किन्ने ? प्रश्न गर्दै काफ्लेले भन्नुभयो ।

सरकारले मसिर २६ गते कृषि मन्त्री बेदुराम भुसालले किसानमा माग तत्काल सम्बेधन गर्ने बताउनु भएको थियो तर अहिलेसम्म समस्या जिउका तिउ रहेको छ भन्दै किसानहरुले कृषि मन्त्रीको राजिनामा समेत मागेका छन । कृषि मन्त्री राजिनामा दे, किसानको माग पूरा गर, दूधको मुल्य तत्काल भुक्तानी गर, जस्ता नारा लगाएका थिए ।

करिब १ सय जना किसान हरुले ५० वटा सानाठुला क्यानमा ल्याएको ५ सय लिटर दुध सडकमा पोखिएको सघर्ष समितिका कोषाध्यक्ष प्रेम पाण्डेले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?