
संखुवासभा। पहाडी जिल्ला संखुवासभामा मानव अधिकार उल्लंघनका घटनामा पाईएको छ । संखुवासभामा ५० वटा मानवअधिकार उल्लंघनका घटनामा ५१ जना पीडित बनेको तथ्यांकले देखाएको छ ।
मानवअधिकारको क्षेत्रमा काम गर्दे आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि गरेको वार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दे जिल्ला प्रतिनिधी भविन कार्कीले यस बर्ष जिल्लामा ११ बालिका सहित १६ जना बलात्कृत, घरेलु हिंसाका २४, हत्याका पाँच, कुटपिट गैर राज्य पक्षबाट तीन जना, राज्य पक्षबाट एक जना पीडित भएको जानकारी दिनुभयो ।
संखुवासभामा गत बर्ष ४६ वटा मानवअधिकार उल्लंघनका घटना भएका थिए ।
गत साउन २४ गते जिल्ला कारागार खाँदबारी भित्रै प्रहरीको कुटपिटबाट दुई कैदी हत्या हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले बताउनुभयो । पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना समेत बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ ।
प्रतिवेदन सार्ववनिक पश्चात जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले राज्यको कठोर कानुन हुँदा पनि हत्या, बलात्कार जस्ता मानव अधिकार उल्लंघनमा कमी नआएको बताउनुभयो । छिमेकी चिनजान र नजिकका आफन्तबाट यस्ता घटना हुनु दुखद भएको प्रमुख शाक्यको भनाई रहेको छ ।
प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताउनुभयो । मानव अधिकार उल्लंघनका घटना निरुत्साहित गर्न सबै पक्ष गम्भीर भएर लाग्नु पर्ने प्रजिअ कार्कीले बताउनुभयो । स्थानीय तहको न्यायीक समितिमा छलफल तथा उजुरी हुनु पर्ने भएपनि पीडितहरु उजुरीका लागि प्रहरी कार्यालय नै आउने गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले सरोकारवाला निकायको सुझावलाई समेटेर लैजानु पर्ने धारणा राख्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच