काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिना अर्थात् मंसिरसम्ममा व्यापार घाटा पौने छ खर्ब पुगेको छ । भन्सार विभागका अनुसार सो अवधिमा नेपालले पाँच खर्ब ७९ अर्ब १५ लाख व्यापार घाटा बेहोरेको हो । तर, यो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिभन्दा ३.०९ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा पाँच खर्ब ९७ अर्ब ४४ करोडकोे व्यापार घाटा थियो ।
मंसिरसम्म सात खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा सात खर्ब ३२ अर्ब पाँच करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
मंसिरसम्ममा आयात-निर्यात दुवै घटेको छ । आयात ३.३९ प्रतिशतले घटेको छ भने निर्यात ६.०९ प्रतिशतले घटेको छ । मंसिरसम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाखकोे वस्तु र सेवा निर्यात भएको थियो । सो अवधिमा छ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा छ खर्ब ६४ अर्ब ७४ करोडको आयात भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच