काठमाडौं । नेपालकै ठूलो व्यापारिक घराना चौधरी समूहका उपाध्यक्ष निर्वाण चौधरी श्रीलंकाको युनियन बैंक अफ कोलम्बोको सञ्चालक समितिको अध्यक्ष नियुक्त हुनुभएको छ । चौधरीलाई गत बिहीबार युनियन बैंकको अध्यक्ष पदमा नियुक्त गरिएको थियो । चौधरी समूहले २०७९ मंसिरमा युनियन बैंक अफ कोलम्बोको ७०.८४ प्रतिशत सेयर किनेको थियो ।
लंका चरम आर्थिक संकटमा फसेका बेला श्रीलंकाको आठौँ ठूलो बैंक रहेको युनियन बैंक अफ कोलम्बो पनि समस्यामा परेको थियो । चौधरी समूहको सिजी क्यापिटल पार्टनर्सले नौ अर्ब १० करोड श्रीलंकाली रुपैयाँमा उक्त सेयर किनेको हो । सिजी क्यापिटल पार्टनर्स चौधरीको सिजी कर्प ग्लोबल र रविभक्त श्रेष्ठ अध्यक्ष रहेको आइजे ग्रुप (साबिक एनई ग्रुप)को संयुक्त लगानीमा सिंगापुरमा दर्ता भएको निजी इक्विटी कम्पनी हो ।
निर्वाण गत अक्टोबर २०२३ मा युनियन बैंकको सञ्चालक समितिमा सञ्चालक हुनुभएको थियो । उहाँ सिंगापुरमा रहेको सिजी क्यापिटल पार्टनर्स प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा बैंककमा सञ्चालक हुुनुभएको थियो ।
७०.८४ प्रतिशत सेयर स्वामित्व रहेको चौधरी समूहतर्फबाट नेपाली नागरिक सञ्जय पोखरेल र मलय मुखर्जीलाई सञ्चालकमा नियुक्ति गरिसकेको छ । मुखर्जी संस्थापक सेयर धनीतर्फबाट नबिल बैंकका सञ्चालक पनि हुनुहुन्छ । मुखर्जी युनियन बैंक अफ कोलम्बोको सहायक कम्पनी युबी फाइनान्सका अध्यक्ष र पोखरेल सदस्य हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच