काठमाडौं । पोखरामा हुने ‘प्रथम केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले मंसिर ७ गते सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमीअन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिनुभएको छ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल प्रहरी क्लबको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । त्यसैगरी युवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलोपटक प्रतियोगितामा सहभागी गराउन लागेको संयोजक गौचनले जानकारी दिनुभयो । एकेडेमीले हालै देशभरिका दुई सयभन्दा बढी युवा खेलाडीहरूबाट छनोट गरी दुई टिम बनाएको हो ।
खेल तालिकाअनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो, ग्रुप ‘बी’मा एपिएफ, लुम्बिनी र गण्डकी, ग्रुप ‘सी’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा ग्रुप ‘डी’मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो एकआपसमा भिड्नेछन् ।
मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरू सञ्चालन हुने संयोजक गौचनले बताउनुभयो । उद्घाटन खेल बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोका बीच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरूको सहभागिता हुने संयोजक गौचनले बताउनुभयो ।
प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिब ७० लाख खर्च हुने जनाएको छ ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद पाँच लाख र उपविजेता टिमले नगद दुई लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको बेष्ट ब्याटर तथा बलरलाई समेत नगदसहित सम्मान गरिनेछ ।
मदन भण्डारी स्पोटर््स एकेडेकी कास्कीको व्यवस्थापनमा आयोजनामा हुन लागेको प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरू गठन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच