
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ।
प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा भोलि दिउँसो तीन बजे सिंहदरबारबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएकाे हाे ।
भाेलि प्रचण्ड नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा हुँदैछ ।
गत वर्ष पुस १० मा आम चुनावपछि एमालेलगायतका दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो । तर, राष्ट्रपतिको निर्वाचनका विषयमा एमालेसँग कुरा नमिलेपछि फागुनमा उहाँले नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्नुभयो ।
सुरुको सत्ता साझेदार दलहरू एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा अहिले विपक्षमा छन् भने कांग्रेस सत्ता साझेदार बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच